Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

अध्यक्ष यादव र अध्यक्ष डेनिस बीच भेटघाट

प्रतिक्षा खबर
२०८१ बैशाख १९, बुधबार १५:३५

साेनमा,बैशाख १९। संयुक्त राष्ट्रसङ्घको जनसंख्या तथा विकास आयोगको ५७औं सत्रमा भाग लिन अमेरिकामा रहेका जनता समाजबादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसङ्घको ७८औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिसबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

सो भेटका अवसरमा जलवायु परिवर्तन र नेपालजस्ता अतिकम विकसित मुलुकहरुले भोग्नु परिरहेको समस्या र यसको असरका बारेमा चर्चा गर्दै दीगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्व लगायतका विषयहरूमा छलफल भएको जनाएको छ।

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सवल र प्रभावकारी संयुक्त राष्ट्र सङ्घका लागि महासभाका अध्यक्षले अगाडि बढाएका प्राथमिकताहरु जस्तै, Peace, Prosperity, Progress and Sustainability को कार्यान्वयन महत्वपूर्ण रहने बताउदै सोमा नेपालको पूर्ण सहयोगको प्रतिवद्धता व्यक्त गरे ।

साथै, महासभाका अध्यक्षले नेपालले स्वास्थ्यका क्षेत्रमा, खासगरी आमा सुरक्षा, प्रजनन् स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्नुका साथै ICPD Programme of Action को कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै नेपालको दीगो विकासका लक्ष्य प्राप्तिका लागि तथा जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि संयुक्त राष्ट्र सङ्घको थप सहयोग रहने बताए ।

आजै, नेपाललगायत डेनमार्क, आइरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले नेपालले स्वास्थ्य क्षेत्रको विस्तार तथा महिलाहरुको प्रजनन् एवम् स्वास्थ्य अधिकारका क्षेत्रमा गरेका प्रगतिहरूको बारेमा जानकारी गराउदै उक्त विषयहरुको पूर्ण कार्यान्यवनका लागि राष्ट्रहरुबीच विश्वास, सद्भाव, ऐक्यवद्दता र सहयोग आदान-प्रदान महत्वपूर्ण रहने बताए ।

उल्लिखित भेटघाट तथा कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा सहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर