Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

औरही स्वास्थ चौकीको शौचालय।

प्रतिक्षा खबर
२०७६ चैत्र ३, सोमबार १९:४३

महोत्तरी ,औरही। अस्पताल एकदमै सम्बेदनशील क्षेत्र हो। स्वास्थय मानिसको आधारभुत र पहिलो आवश्यकता हो। त्यसैले त यसलाई सबैभन्दा ठुलो धन भनिन्छ।तर महोत्तरी जिल्लाको औरही नगरपालिका वडा-१ औरही स्थित रहेका स्वास्थ चौकी हेर्दा यस्तो लाग्छ कि अस्पताल निको हुन आएको बिरामी उल्टै झनै ग्रसित भएर जान्छन्।

मानिस बिरामी भएर जाने स्वास्थ चौकी कस्तो हुनुपर्छ जस्तो लाग्छ तपाईंलाई?

आम मानिसको धारणा स्वच्छ,सफा,सु-ब्यबस्थित र उत्कृष्ट सेवा प्रदान गर्न हुनुपर्छ भन्ने हुन्छ। तर औरही स्वास्थ चौकी पुग्दा भने जो सुकैको त्यो अपेक्षा टुक्रिन सक्छ। स्वास्थ चौकीमा चेक गराउन आएका एक स्थानिय नुर मोहमद भन्छन, “नलागेको रोग पनि लाग्ला जस्तो लाग्छ शौचालयको हालत देख्दा।” हो त्यस्तै छ औरही स्वास्थ चौकीको शौचालय। औरही स्वास्थ चौकीका हरेक शौचालय पसिनसक्नु छन्। बाध्यतावश दिसापिसाब गर्न गएका मानिसले नाक थुन्नुपर्ने अवस्था छन।उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो र त्यसका लागि सरसफाइमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ ।

त्यस्तो सन्देश चिकित्सकको सल्लाहअनुसार नै आउने गर्दछ तर तिनै चिकित्सकको कार्यकक्षका नजिकैको शौचालय देख्दा सधै मान्छे नै बिरामी हुने अवस्था छ ।उपचार गर्न आएका बिरामी शौच गर्ने टुुुुुुुुुवाइलेटमा नाक थुनेर जानुपर्ने बाध्यता रहेको छ । ट्वाइलेटभित्र धेरै बेर बस्न सकिँदैन । स्वास्थ चौकीमा बिरामी संगै आउनुभएको मंजु यादव भन्नुहुन्छ “शौचालयभित्र चुक्कुल नै छैन  झन कतै त ढोका पनि छैन। एकजना मान्छे बाहिर नबस्दिएसम्म त शौच गर्न मुस्किल छ। ” स्वास्थ चौकीका शौचालयको दुर्दशा त उदाहरण मात्र हो ।

स्वास्थ चौकी मात्र होइन, महोत्तरीमा रहेका हरेक सरकारी अस्पताल,स्वास्थ चौकीका शौचालय हेर्नलायक नै छैनन् । आखिर कती सम्म यो कुरालाई स्वास्थ चौकीका प्रशासनले वेवास्था गर्ने हो त? के येहि हो त हाम्रो सरकारी शौचालयको गती? सरकारी जागिर राम्रो, सरकारी सुबिधा राम्रो तर किन सरकारी शौचालयको अवस्था यती नाजुक? आखिर यसबाट स्वास्थमा हुने हानीको जिम्मेवारी कसले लिने?

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर