Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लाेसपाबाट अलग्गिंदै ठाकुर र महतो

प्रतिक्षा खबर
२०८० फाल्गुन ९, बुधबार १८:०८

वीरेन्द्र रमण
मधेशकेन्द्रित राजनीतिका प्रभावशाली दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो अलग हुने सँघारमा पुगेका छन्।
‘विभेद विरुद्ध मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित सबैले एकजुट भएर लड्नुपर्छ, त्यसका लागि वैचारिक, राजनीतिक अभियान शुरू गर्छौं।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो अहिले कार्यकर्ता भेटघाटमा यही वाक्य दोहोर्‍याउँछन्। ‘राष्ट्रिय मुक्ति क्रान्तिका लागि अभियान’ भन्दै महतो तराई-मधेशमा कार्यकर्तालाई भेटिरहेका छन्। अभियानको तयारीका क्रममा उनी विभिन्न समुदायका व्यक्तिसँग छलफल गरिरहेका छन्।
पार्टीसँग कुनै सरसल्लाह नगरी किन गाउँ गाउँ पुगिरहेका छन्? महतो निकट एक नेता भन्छन्, “लोसपामा नेतृत्वसँग वरिष्ठ नेताजीको कुराकानी मिलिरहेको छैन, नेतृत्वले पनि किनारा लगाएको छ। त्यसैले अभियानबाट नयाँ पार्टीको स्थापना गर्ने तयारी छ।
अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट महतोले तराई-मधेशसँगै पहाडमा पनि अभियान चलाउने बताएका छन्। पहाडी क्षेत्रमा विशेष गरेर दलित समुदायलाई समेट्ने उनको योजना छ। सार्वजनिक रूपमा अभियान भने पनि कार्यकर्तासँगको भेटघाटमा भने खुलेरै चर्चा गर्दै आएका छन्। सिरहामा आयोजित कार्यक्रममा सहभागी एक स्थानीय नेता भन्छन्, “राजेन्द्र महतोजी लोसपामा आफ्नो भविष्य नरहेको निष्कर्षमा पुग्नुभएको छ।”
लामो समयदेखि अध्यक्ष ठाकुरसँग दूरी बनाइरहेका महतो पछिल्लो पटक भने केन्द्रीय कार्यसमिति विस्तारबाट असन्तुष्ट बनेका हुन्। लोसपाको केन्द्रीय कार्यसमिति विस्तार गर्दा आफूलाई बेवास्ता गरेको महतोको गुनासो छ।
अर्कातिर, महतो निकट मानिएका धेरैजसो नेता तथा कार्यकर्ताले लोसपा छाडिसकेका छन्। लोसपा गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका महतो आफू निकट नेता अन्य पार्टीमा लागेपछि कमजोर देखिएका छन्। त्यसले पनि ठाकुरले महतोलाई महत्त्व दिएका छैनन्।
तैपनि एक्कासि पार्टी विभाजन गरेर जाँदा प्रत्युत्पादक हुने भएपछि अभियान चलाउने निष्कर्षमा पुगेका हुन्। मधेशकेन्द्रित दलहरू निकै कमजोर भई मधेशका अजेन्डा बिलाउन थालेकाले अभियान मार्फत पुनर्जागृत गर्ने महतोको भनाइ छ।
मधेशबाट शुरू हुने अभियान काठमाडौं पुग्ने र त्यसपछि नयाँ पार्टी गठन हुने महतो निकट नेता बताउँछन्। त्यसको तयारीका लागि जिल्ला भेलाहरू भइरहेका छन्।
वरिष्ठ नेता महतोको जिल्ला दौडाहालाई लोसपा नेतृत्वले पनि शंकाको दृष्टिले हेरेको छ। अध्यक्ष ठाकुरसँगै लोसपा नेताहरू पनि असन्तुष्ट देखिन्छन्। उनीहरू यसबारे पार्टीमा छलफल हुने बताउँछन्। ठाकुर निकट नेता जितेन्द्र सोनल भन्छन्, “वरिष्ठ नेता राजेन्द्र महतोजीले गरिरहेका क्रियाकलापमा पार्टी सहमत छैन, उहाँको गतिविधिबारे पार्टीमा छिटै छलफल हुनेछ।
महतो निकट लोसपाका नेताहरू भने यसलाई पार्टीले स्वीकार गर्नुपर्ने बताउँछन्। “पार्टीबाट माथि उठेर अभियान सञ्चालन गर्न लागिएको हो। मधेशी जनताको हितका लागि काम गर्न अभियान शुरू हुन्छ,” उनी भन्छन्, “यो जनहितको अभियान हो, यसले पार्टीलाई समस्या हुँदैन र पार्टीले पनि अवरोध गर्छ जस्तो लाग्दैन।
महतो अलग हुने तयारीमा जुटेपछि ठाकुर पनि अन्य पार्टी र नेतासँग सहकार्य गर्ने प्रयासमा छन्।

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर