Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दंगा सम्बन्धित १२ मुद्दामा जमानत

प्रतिक्षा खबर
२०८० माघ २७, शनिबार २०:२१

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिन्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको छ।
खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ।
खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी संग्रहालय आक्रमणका साथै सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ।
एटिसी न्यायाधीश मलिक एजाज आसिफले जमानतको आवेदनमाथि सुनुवाइ गरेका थिए। अदालतले पिटिआईका संस्थापकलाई हिरासतमा राख्नुको कुनै औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै संदिग्धलाई जमानत दिइएको फैसला सुनाएको छ।
खान र कुरेसीलाई फेब्रुअरी ६ मा अभियोग लगाइएको थियो। द एक्सप्रेस ट्रिब्युनका अनुसार यी दुवैलाई अदालतमा पेस गरिएको थियो र पूर्वप्रधानमन्त्रीलाई गत वर्षको मे ९ मा इस्लामाबाद उच्च न्यायालय (आइएचसी) परिसरबाट गिरफ्तार गरिएको थियो।
भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि गत मे ९ मा देशभर भड्किएको दंगासँग सम्बन्धित थुप्रै मुद्दामा इमरानविरुद्ध मुद्दा दायर गरिएको थियो। रावलपिन्डीमा दर्ता भएका उजुरीहरूमा जनरल हेडक्वार्टर (जिएचक्यू)को गेटमा आक्रमण, संवेदनशील संस्थाको कार्यालयमा दंगा र अन्य घटनाहरू समावेश छन्।
उनले मुद्दाको पहिलो सूचना रिपोर्ट (एफआइआर)मा समावेश गरिएका दाबीहरूलाई अस्वीकार गरेका छन्। द एक्सप्रेस ट्रिब्युनका अनुसार अडियाला जेलबाट रिहा भएपछि पिटिआईका नेता शाह महमुद कुरेसीलाई पन्जाब प्रहरीले जिएचक्यूमा भएको आक्रमणको आरोपमा पक्राउ गरेको थियो।
गत वर्षको मे ९ मा भएको हिंसाको अनुसन्धान गरिरहेको उच्चस्तरीय संयुक्त अनुसन्धान टोली (जेआइटी)ले गत वर्षको जुलाईमा पूर्वप्रधानमन्त्री खानलाई जिएचक्यूमा भएको आक्रमणसहित दुई आतंकवादी मुद्दामा नामित गर्ने निर्णय गरेको थियो।
कारबाहीमा नयाँ धाराहरू समावेश गरिएसँगै पिटिआई प्रमुखलाई हिंसाको योजना बनाएको र उक्साएको आरोप लगाइएको थियो। पाकिस्तानमा फेब्रुअरी ८ मा भएको आमनिर्वाचनको परिणाम निकै प्रतीक्षित रहेका वेला इमरान खानलाई जमानत दिइएको हो।
बिहीबार भएको निर्वाचनको मतगणना जारी छ। पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। तर, प्रायः पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)द्वारा समर्थित स्वतन्त्र उम्मेदवारहरूभन्दा पछाडि छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर