Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगयाे

प्रतिक्षा खबर
२०७६ चैत्र २, आईतवार २२:२९

धनुषामा विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । आइतबार मात्र मदिरा सेवनबाट ४ जनाको ज्यान गएको हो
जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदा र ६२ वर्षीया रामो देवी सदाको मृत्यु भएको स्थानीय बिक्की सदाले जानकारी दिए । उनका अनुसार रामोदेवीको आइतबार दिउँसो र जितेन्द्रको बिहानै उपचारको क्रममा प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको हो ।
सोहि बस्तीमा शुक्रबार १ जना, शनिबार ३ जनाको मृत्यु भएको थियो । बस्तीकै देवी सदा, रामरति सदा, मिथिला सदा, झगरु सदाको शनिबार र शुक्रबार मृत्यु भएको थियो । सो बस्तीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुको मदिरा सेवनबाट मृत्यु नभएको दावी गरिरहेको छ । तर स्थानीयले उनीहरु होलीको अवसरमा घरेलु मदिरा सेवन गरेकोले नै शरीर भरी विष फैलिएर एकाएक सिकिस्त भइ मृत्यु हुने गरेको बताएको छ ।
प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले पनि उनीहरु सबैको मदिरा सेवनबाटै मृत्यु भएको जनाएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ बगेवाका ५५ वर्षका रतन दासको पनि मदिरा सेवनबाट आइतबार दिउँसो उपचारको क्रममा जनकपुर स्थित जानकी हेल्थकेयरमा मृत्यु भएको छ । यस्तै आइतबार बिहान धनुषाको क्षीरेश्वरनाथ नगरपालिका १ रमदैयाका ४५ वर्षीय रामबहादुर यादवको मदिरा सेवनबाटै बिरामी भएर मृत्यु भएको स्थानीय उमेश यादवले जानकारी दिए ।
यससंगै रमदैया बस्तीमा बुधबार यता मृत्यु हुनेको संख्या ९ जना र १५ दिन यता जम्मा १३ जना, जनकपुरधामको मुसहरबस्तीमा ६ जना, लक्ष्मीनिया गाउँपालिका ६ बगेबामा १ गरी २० जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर