Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

एसईई परीक्षामा प्रदेश २ बाट ७२हजार भन्दा बढी सहभागी हुदै

प्रतिक्षा खबर
२०७६ चैत्र २, आईतवार १८:४१

जनकपुरधाम, चैत २ गते ।

यही चैत ६ गतेदेखि देशैभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन् ।
यस वर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट ७ हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन् ।
गत वर्षको एसइईमा पनि धनुषाबाट सबैभन्दा बढी र रौतहटबाट सबैभन्दा कम परीक्षार्थी सहभागी भएका थिए ।
जनकपुरस्थित प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार सप्तरीबाट ९ हजार १४०, सिरहाबाट १० हजार १३१, महोत्तरीबाट ८ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट ८ हजार २४ र पर्साबाट ८ हजार ५९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।
प्रदेश २ को आठ जिल्लामा एसईई सञ्चालन गर्न कूल २६७ परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ४३ र सबैभन्दा कम पर्सामा २४ परीक्षा केन्द्र कायम गरिएको निर्देशनालयका निर्देशक चुडामणि फुँयालले जानकारी दिए ।
यसैगरी सप्तरीमा ३४, सिरहामा ३९, महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३० र बारामा ३२ परीक्षा केन्द्र तोकिएको उनले बताए। परीक्षालाई मर्यादित बनाउन केन्द्र तोकिएका सबै विद्यालयलाई पत्राचार गरिने निर्देशक फुँयालले बताए ।
गत वर्ष प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बारिएपछि एसइई स्थगित भएको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर