Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

एसईई परीक्षामा प्रदेश २ बाट ७२हजार भन्दा बढी सहभागी हुदै

प्रतिक्षा खबर
२०७६ चैत्र २, आईतवार १८:४१

जनकपुरधाम, चैत २ गते ।

यही चैत ६ गतेदेखि देशैभर सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश २ बाट ७२ हजार ८३९ परीक्षार्थी सहभागी हुने भएका छन् ।
यस वर्ष सबैभन्दा बढी धनुषाबाट ११ हजार ३९३ र सबैभन्दा कम रौतहटबाट ७ हजार ७०५ परीक्षार्थी सहभागी हुँदैछन् ।
गत वर्षको एसइईमा पनि धनुषाबाट सबैभन्दा बढी र रौतहटबाट सबैभन्दा कम परीक्षार्थी सहभागी भएका थिए ।
जनकपुरस्थित प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार सप्तरीबाट ९ हजार १४०, सिरहाबाट १० हजार १३१, महोत्तरीबाट ८ हजार ३२९, सर्लाहीबाट १० हजार ५८, बाराबाट ८ हजार २४ र पर्साबाट ८ हजार ५९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।
प्रदेश २ को आठ जिल्लामा एसईई सञ्चालन गर्न कूल २६७ परीक्षा केन्द्र तोकिएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ४३ र सबैभन्दा कम पर्सामा २४ परीक्षा केन्द्र कायम गरिएको निर्देशनालयका निर्देशक चुडामणि फुँयालले जानकारी दिए ।
यसैगरी सप्तरीमा ३४, सिरहामा ३९, महोत्तरीमा ३०, सर्लाहीमा ३५, रौतहटमा ३० र बारामा ३२ परीक्षा केन्द्र तोकिएको उनले बताए। परीक्षालाई मर्यादित बनाउन केन्द्र तोकिएका सबै विद्यालयलाई पत्राचार गरिने निर्देशक फुँयालले बताए ।
गत वर्ष प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र बारिएपछि एसइई स्थगित भएको थियो ।
सभार टुडेपाटी

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर