Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरी बाट ट्रकमा लै जाँदै गरेको ४०५ किलो गाँजासहित एकजना पक्राउ

प्रतिक्षा खबर
२०८० आश्विन २५, बिहीबार १९:२९

गोपाल झा

महोत्तरी असोज २५ गते

महोत्तरीबाट ४ सय किलोभन्दा बढी  प्रतिबन्धित लागूऔषध  गाँजासहित एक जना पक्राउ परेका छन् ।

महोत्तरीको जलेश्वरबाट२७ पोकामा रहेको चार सय पाँच किलो प्रतिबन्धित लागूऔषध  गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार राति जलेश्वर बाट बखरी तर्फ जाँदै गरेको  क्याम्पस रोडस्थित फर्निचरको अगाडिबाट प्रहरीले ना.६ ख ७३७४ नम्बर को ट्रकमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको हो ।

बुधबार मध्यरात खाली ट्रक लिएर घुमिरहेको देखेपछी शंकालागेमा  अस्थायी प्रहरी पोस्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई  चेकजाँच गर्दा मालसामान राख्ने स्थानमा फल्स ठाउँ बनाई लुकाइछिपाई राखेको अवस्थामा प्रतिबन्धित लागूऔषध  गाँजाको पोकाहरु फेला पारेपछि ट्रकचालक फरार भएका थिए । ट्रकचालक फरार भएपनी सहचालक मकवानपुर जिल्ला थाहा नगरपालिका- २ का रामबहादुर थिङको छोरा २२ वर्षीय विशाल थिङ भने पक्राउ परेको प्रहरीले जनाएका छन् ।

पक्राउ परेको थिङसँग थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रहरीले लागूऔषध गाँजासहित ट्रक र ट्रक सह चालक थिङ्गलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताएका हुन् । उनले महोत्तरी प्रहरीले गाँजा नियन्त्रणका लागि विशेष अभियान चलाइरहेको बताएका हुन्  ।

महोत्तरीमा विभिन्न जिल्लाबाट गाँजा आयात भई दशगजा हुँदै भारत प्रवेश गर्ने र स्थानीय बजारमा समेत बेचबिखन हुने जानकारीअनुसार पछिल्लो समय यस्ता गतिविधिउपर महोत्तरी प्रहरीले विशेष निगरानी बढाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर