Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

सोनमा गाउँपालिकामा शिक्षक सरूवा विषयलाई लिएर भएको आन्दोलनमा सातजना पूर्पक्षका लागि जेल चलान

प्रतिक्षा खबर
२०८० आश्विन ६, शनिबार १०:३२

महोत्तरीको सोनमा गाउँपालिकामा शिक्षक सरूवा विषयलाई लिएर भएको आन्दोलनमा पक्राउ परेको सातजना पूर्पक्षका लागि जेल चलान भएका छन् ।
पक्राउ गरेका मध्ये महोत्तरी जिल्ला अदालतले ६ जनालाई पुर्पक्षमा राखी मुद्दा चलाउने र १ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेकोे थियो । अदालत एकजनालाई धरौटीमा छाड्न आदेश गरेपनि धरौटी रकम बुझाउन नसक्दा पूर्पक्षका लागि जेल चलान भएको जनाइएको छ ।
महोत्तरी जिल्ला अदालतका न्यायाधीश पुर्व ढकालको इजलासले सोनमा गाउँपालिका–१ बस्ने उपेन्द्र कुमार साह सुडी, रकेश कुमार महरा, नजामुदिन अन्सारी, महेश कुमार यादव, रामकेवल यादव र सोही गाउँपालिका वडा नम्बर २ बस्ने ललिन्द्र यादवलाई पुर्पक्षमा राखी मुद्दा चलाउन आदेश गरेको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी महेन्द्र झाले जानकारी दिए ।
सूचना अधिकार झाले दिएको जानकारी अनुसार सोही मुद्दामा रामप्रसाद पासमानलाई १ लाख ५० हजार धरौटी राखी छाड्ने आदेश भएपनि धरौटी रकम जम्मा गर्न नसक्दा पासमानलाई पनि जेल पठाइएको बताए ।
यता, सोही मुद्दामा पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडा नम्बर १ का वडाध्यक्ष अशोक यादव र सोही वडाका शैलेन्द्र यादव फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
गत भदौ १९ गते तीनजना शिक्षक सरुवाको विषयलाई लिएर सरस्वती माध्यमिक विद्यालय सोनमाका विद्यार्थीहरूले गाउँपालिकाविरुद्ध प्रदर्शन गरेका थिए । त्यसैक्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले कार्यालयअगाडि राखिएको प्र २–०३–०१९ प ९१५८ नम्बरको मोटरसाइकल र ज.११प ४९६६ नम्बरको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको गरेको थियाे

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर