Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

पत्रकार यादवलाई कृषि मन्त्रीका भाई सुबन्त कुशवाहाद्वारा दुर्व्यवहार

प्रतिक्षा खबर
२०८० जेष्ठ ८, सोमबार १४:५७

रौतहट

रौतहटका कृयाशिल पत्रकार मेवालाल यादवलाई कोपवा छठघाटमा दुर्व्यवहार भएको छ । विवादित रहेको छठघाटको विषयमा रिपोर्टिङका लागि बौधिमाइ नगरपालिका -५ कोपवा छठघाट्मा पुग्नुभएका आरोही समाचार संयोजक एवं भोजपुरी टाइम्स दैनिक पत्रीकाका पत्रकार यादवलाई कृषि मन्त्री बसन्त कुशवाहाका भाइ सुबन्त कुशवाहा तथा मन्त्रीका स्वकीय सचीव अर्जुन कुशवाहाले दुर्व्यवहार गरेका हुन् ।

पत्रकार यादवले आफु पत्रकार हो भन्दै आफ्नो परिचयपत्र देखाउदा समेत उनिहरुले भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द बोल्ने, भिरबाट खसालिदिने, पोखरीमा गाडिदिने जस्ता तल्लोस्तरका गालिगलौज गरेको पत्रकार यादवले बताउनुभएकाे छ । कृषि मन्त्री बसन्त कुशवाहाले आफ्नो भाइ सुबन्त कुशवाहा र स्वकीय सचिव अर्जुन कुशवाहा लगायतका गाउँका अन्य व्यक्तिहरुलाई समेत उक्साएर आफु प्रति दुर्व्यवहार , गालिगौज गरेको यादवले भनाइ छ ।

घटना लगत्तै यादवले स्थानिय चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने कृषि मन्त्रीका भाइ र उनका स्वकीय सचिवको बारेमा चौकी प्रमूख यादवलाई जानकारी गराई कारबाहीको माग गर्नुभएकाे छ । साथै उहाँले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ रौतहटमा जानकारी गराउनुभएकाे थियाे । यादवले आफुले पत्रकार हो भनि आफ्नो परिचयपत्र स्पष्टरुपमा देखाईरहँदा पनि दुव्र्यवहार हुनु र धम्कीका भाषाहरु प्रयोग हुनुले आफु निकै दुखित रहेको बताउनुभएकाे छ ।

सुशासन, समुन्नत समाज निर्माणका लागि रातदिन रिपोर्टिङ गरिरहेका पत्रकारहरुमाथि कार्यक्षेत्रमा हुने यस किसिमका दव्र्यवहारले पत्रकारहरु असुरक्षित हुन्छन्, यस किसिमका घटना पटक पटक दोहोरिनु पक्कैपनि कानुनी राज्यमा राम्रो कुरा होइन । यसर्थ यस किसिमका घटना आगामी दिनमा नदोहोरिउन् र दोसी उपर राज्यले आवश्यक छानविन गरि कारबाहीको दायरामा ल्याओस भन्ने माग पनि गर्न चाहान्छु,

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर