Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रामसहाय यादव : भैँसीगाेठदेखि बहादुरभवनसम्म

प्रतिक्षा खबर
२०७९ चैत्र ३, शुक्रबार १७:२५

वसन्त खतिवडा,
बारा
बाराको साविक कचोर्वा गाविस ८ बसवरिया गाउँमा जन्मिएका रामसहाय यादव तत्कालीन मधेसी जनाधिकार फोरम पार्टीको स्थपनाकालदेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन्।
बसवरिया गाउँको सामान्य परिवारमा जन्मिएका यादव २०४८ सालदेखि शिक्षण पेशामा आवद्ध थिए। छिमेकी मुलुक भारतको सीतामाढीबाट विज्ञान विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका यादव त्यसपश्चात शिक्षण पेशामा लामो समय आवद्ध रहे।
तत्कालीन अवस्थामा गजेन्द्रनारायण सिंहको पार्टी सद्भावना पार्टीनिकटको शिक्षक मञ्चमा रहेर काम गरेका यादव पहिलो मधेस आन्दोलनपश्चात राजनीतिमा सक्रिय भएका हुन्।
जिल्ला सदरमुकाममा अवस्थित पन्नादेवी कन्या माविमा निमावि शिक्षकका रुपमा कार्यरत रहँदा उनले पुर्खौली घर बसवरिया छोडेर विद्यालयनजिकै एउटा गोठ बनाएर बसे । त्यहीँ ट्युसन, कोचिङ पढाएर आफ्ना तीन छोराछोरीकाे लालनपालन शिक्षादिक्षा गरे।
शिक्षण पेशा छाेडेर पूर्णकालीन राजनीतिमा लागेपछि घरखर्च चलाउन मुश्किल पर्न थाल्याे। उनीकी पत्नी चम्पादेवीले गाई र भैँसी पालेर आर्थिक जाेहाे गर्दै उनकाे राजनीतिक जीवन सहज बनाइन्।
अहिले पनि उनकी श्रीमती चम्पादेवी गाईभैँसी पालेर साेही गाेठघरमै बस्दै आएकी छिन् । छोराछोरी उच्च शिक्षाका लागि सांसद यादवसँगै राजधानीमा बस्दै आएका छन्।
जिल्लामा उनी सादगी नेताका रुपमा चिनिन्छन्। पहिलो मधेस आन्दोलनपश्चात सक्रिय राजनीतिमा लागेका यादव २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भए। त्यसपश्चात उनी पार्टी संगठनका काममा निरन्तर लागिरहे।उपेन्द्र यादवसँगकाे भेटपछि प्रभावित भएर अर्धभूमिगत राजनीति गर्न थालेका उनी संगठन बनाउन जुटे। २०६४ मा उनले शिक्षक पदबाट राजीनामा दिएर तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट पहिलो संविधानसभामा सामानुपातिक सभासद भएका थिए।
२०७४ मा बारा (२)बाट संघीय समाजवादी पार्टीबाट उठेका उनले दोब्बर मतले कांग्रेसका पुराना तथा प्रभावशाली नेता राधेचन्द यादवलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । २०७९ मा साेही क्षेत्रबाट उनी विजयी भएका हुन् । यादवले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहलाई ३५४ मतको झिनो अन्तरले पराजित गरेका हुन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर