
प्रतीक्षा खबर सम्बाददाता-सिरहा,
सिरहा जिल्लाको लकडिगोठ बाट एकजना युवकलाइ अबध हतियार सहित पक्राउ गरिएको छ।

मंगलबार दिउसो सिरहा सिरहा न.पा.२१ लकडिगोठ स्थित प्र.चौ.लकडिगोठ सिरहाबाट खटिएको गस्ती टोलीले युवालाइ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सिरहा न.पा.२१ मल्हनिया बस्ने बर्ष २२ को प्रदिप कुमार साह रहेको छ।
बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा लुकाइ राखेको अबस्थामा कटुवा पेस्तोल थान १ र यसमा प्रयोग हुने गोली १ थान बरामद गरिएको छ। पक्राउ परेका साहलाइ आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको कुरा प्रहरीले जनाएको छ।







































































































