Advertisement
ताजा खबर

इजरायली आक्रमणबाट लेबनानमा ३ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार २०:३५

बेरुत । इजरायली आक्रमणमा परेर लेबनानमा तीन जनाको मृत्यु भएको छ  । लेबनानको स्वास्थ्य मन्त्रालयले बताएअनुसार देशको दक्षिणी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको हो ।

इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहका लडाकुहरू बस्दै आएको ठाउँलाई निशाना बनाएर आक्रमण गरेको थियो । लेबनानको दक्षिणी सहर खियाममा कारमाथि आक्रमण हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले गरेको आक्रमणमा तिरी गाउँमा थप दुई जनाको मृत्यु भएको एक छुट्टै विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले बताएको छ । आक्रमणबाट भएको क्षतिबारे थप जानकारी दिइएको छैन ।

यसअघि हिजबुल्लाहले इजरायली आक्रमणमा शिया अमल आन्दोलनका एक लडाकुको मृत्यु भएको पुष्टि गरेको थियो । हिजबुल्लाह र इजरायलबिच अहिले तनाव बढेको छ ।

इजरायलले हिजबुल्लाह कयौँ किल्लालाई लक्षित गरी हवाई हमला गरेको छ । यसको प्रतिकारमा हिजबुल्लाहले पनि इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर