गोपाल झा
महोत्तरी , असोज २६ गते
मधेश प्रदेश सभा सदस्यकालागी महोत्तरी क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता ईन्जिनियर उज्वल झाले कर्क चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालय महोत्तरीले आज बुधबार स्वतन्त्र उम्मेदवार झालाई कर्क छाप चुनाव चिन्ह् प्रदान गरेको हो । निर्वाचन कार्यतालिका अनुसार आजै देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।
जनताको लागि अधिकार तथा बिकास क्षेत्रमा समेत अनुभव रहेको स्वतन्त्र उमेदबार झा बिभिन्न पार्टी तथा दलहरुको दलदलमा फसेका समाजको चौतर्फी बिकास र परिवर्तनको आबस्यकता रहेकोले आफु स्वतन्त्र उमेदबारी दिएका बताएका हुन् ।
समाजका तह तहमा बिद्यमान स्वास्थ्य ,शिक्षा आधारभुतका समस्याहरु समाधान गर्न न सकेको र जनताको भोटले मौज मस्ती र आफन्त पोस्ने हरुलाई यस पालीको चुनाव मार्फत कर्क छापमा मोहर लगाएर जनताले जवाफदिने वहाँले बिश्वास ब्यक्त गरेका छन् ।






