Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

प्रादेशिक बीउ बिजन प्रयोगशाला एक जना प्राविधिककै भरमा संचालित

प्रतिक्षा खबर
२०७९ भाद्र २०, सोमबार २२:५१

गोपाल झा
महोत्तरी, भदौ २० गते
गुणस्तरिय वीउ उत्पादन वितरण र प्रयोग गराई उत्पादन तथा उत्पादक्त्व वृद्धि गर्ने अभिप्रायले संचालन गरीएको महोत्तरीको जलेश्वरस्थित मधेश प्रदेशको प्रादेशिक बीउ बिजन प्रयोगशाला एक जना प्राविधिककै भरमा संचालित छ ।
प्रयोगशालामा एक जना बरिष्ठ बाली बिकास अधिकृत, दुई जना बाली बिकास अधिकृत, एकजना अधिकृत, एक जना नायब प्राविधिक सहायकसहित पाँच जनाको दरबन्दीमध्ये एकजनाकै भरमा प्रयोगशाला संचालित छ । प्रशासनतर्फ अधिकृतको दरबन्दी रहेपनि रिक्त छ ।
एकजना प्राविधिक अधिकृत अर्थात निमित्त कार्यालय प्रमुख र दुई जना कार्यालय सहयोगीहरुकै भरमा आर्थिक बर्ष २०७८/७९ मा ६ सय ३४ वटा बीउ परीक्षण गरिएका छन् । निमित्त कार्यालय प्रमुख श्रीप्रसाद यादवका अनुसार एउटा बीउको परीक्षण प्रक्रिया पूरा गर्न बढिमा दुई हप्तासम्म लाग्ने भएकोले क्रमिक रुपमा हरेक नमूना परीक्षण गर्न कार्यालयको समय सकिएपनी ढिलोसम्म काम गर्नुपरेको बाध्यता रहेको बताएका छन् ।
प्रमुख यादबले दिएको जानकारी अनुसार यस परीक्षण केन्द्रबाट गत आ.ब.२०७८/७९ मा ६ सय ३४ वटा बीउ परीक्षण गरेर ४३७०.५२ मे.टन गँहु र २७३५.४८ मे. टन धानको बिउ उत्पादन भएको छ ।
कृषि वस्तुको विउविजन गुणस्तर मापन र परिक्षण गर्ने मधेश प्रदेश अन्तरगत महोत्तरीको जलेश्वरमै विउ विजन प्रयोगशाला सुरु भएबाट शिघ्र सुविधा पाउने सम्भावना बढाएको भए पनी जनशक्तीको अभाभ कायमै रहेको छ ।
त्यस्तै कार्यलयका सह लेखापाल सुभाष कुमार साहले दरबन्दी अनुसारकै रकम प्राप्त हुने गरेकोमा रिक्त भए अनुसारको तलब फिर्ता जाने गरेको जानकारी दिएका छन् । प्रयोगशालामा कम्प्युटर अपरेटरको आवश्यकता रहेपनि दरबन्दी समेत छैन । दुईमध्ये एकजना कार्यालय सहयोगीको पद पनि रिक्त छ ।
साहले करारमा राखिएका कार्यालय सहयोगीहरुले कम्प्युटर अपरेटर र प्राविधिक सहायकको काम समेत सम्हाल्नु परेको जानकारी दिए । उनी भन्छन्,‘प्रादेशिक प्रयोगशाला भएपनि जनशक्ति अभावबारे कृषि विकास निर्देशनालयले सोच्नु आवश्यक छ ।’
जनशक्ति अभावको कारण मधेश प्रदेशका कुन जिल्लाबाट कति वटा र कस्ता प्रकृतिका बीउ परीक्षण भएको तथ्यांक असोजसम्ममा उपलब्ध हुने जानकारी गराउँदै सह लेखापाल साहले रौतहट जिल्लाबाट सबैभन्दा बढि धान र गहुँको बीउ परीक्षण भएको जानकारी दिएका छन् । उनका अनुसार ब्यापारिक प्रयोजनका लागि ल्याइने एउटा नमूना परीक्षणको शुल्क ५ सय ५७ रुपैया कायम गरीएको छ । प्रादेशिक बीउ बिजन प्रयोगशालाले आर्थिक बर्ष २०७८/७९ मा ३ लाख ८८ हजार १३१ रुपैया परीक्षण शुल्क संकलन गरेको भन्दै आर्थिक बर्ष २०७७/७८ भन्दा झण्डै एक लाख रुपैया बढि परीक्षण शुल्क संकलन गर्न सफल सह लेखापाल साह बताएका छन् ।
प्रयोगशालाको सक्रियतासँगै प्रादेशिक रुपमा विउ विश्लेषण तथा प्रमाणीकरण , प्रादेशिक विउ उत्पादकहरुको अनुगमन तथा विउ व्यापारिहरुको नियमन गर्न, रैथाने वालिका प्रजनन विउ संरक्षण तथा सुचिकृत जातका विउहरुको बजारिकरण गर्नमा प्रयोगशालाको भुमिका रहने निमित्त कार्यालय प्रमुख यादव बताएका छन् ।
सरकारी स्तरमा कृषि वस्तुको विउ उत्पादन , प्रसोधन र वितरणका लागि स्वीकृति तथा व्यवसायिक अनुमति प्रदान गर्ने निकायका रुपमा रहेको विउविजन प्रयोगशालाले स्थानीय विउ विजन व्यवस्थापन समिति निर्माण गरि परिचालन गर्न र नियमनका लागि कार्यपात्रो वनाउन समेत विउविजन प्रयोगशालाले सहजीकरण गर्ने तयारी गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर