Advertisement
ताजा खबर
थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती साेनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्दै

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

प्रतिक्षा खबर
२०८२ चैत्र १७, मंगलवार ०८:२२
१७ चैत, दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेको छ ।

कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी)ले यो आक्रमणलाई ‘आपराधिक’ भन्दै कडा शब्दमा निन्दा गरेको छ र समुद्रमा तेल चुहावटको जोखिम रहेको जनाएको छ ।

कम्पनीका अनुसार घटनाका बेला ट्यांकर पूर्णरूपमा कच्चा तेलले भरिएको थियो । आक्रमणबाट ट्यांकर क्षतिग्रस्त भएको छ । भिडियोहरुमा जहाजमा आगो लागेको देखिएको छ । यद्यपि मानवीय क्षति नभएको जनाइएको छ ।

दुबई मिडिया अफिसका अनुसार समुद्री अग्निनियन्त्रक टोलीहरूले आगो नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । ‘दुबईका अधिकारीहरूले अङ्करेज ‘ई’ क्षेत्रमा कुवेती ट्यांकरमा ड्रोन आक्रमण भएको घटनामा तत्काल प्रतिक्रिया जनाएका छन् । हाल आगो नियन्त्रण र अवस्थाको व्यवस्थापन स्थापित प्रक्रियाअनुसार भइरहेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।

यस्तै, बेलायती सेनाद्वारा सञ्चालित युनाइटेड किंगडम म्यारिटाइम ट्रेड अपरेशन्सले पनि यस घटनाको पुष्टि गर्दै जहाज दुबईबाट करिब ३१ नटिकल माइल (५७ किलोमिटर) उत्तर–पश्चिममा रहेको बेला आक्रमणमा परेको जनाएको छ । प्रारम्भिक विवरणमा वातावरणीय असरबारे कुनै पुष्टि नभएको उल्लेख गरिएको छ ।

यो घटना गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुज समुद्री मार्ग (जलडमरूमध्य क्षेत्र)मा व्यापारी जहाजमाथि भइरहेका श्रृंखलाबद्ध आक्रमणको पछिल्लो कडी हो ।

यस घटनापछि अन्तर्राष्ट्रिय तेल बजारमा असर देखिएको छ । ‘ब्लूमबर्ग’का अनुसार अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेर प्रति ब्यारेल १०६ डलर नाघेको छ । सोमबार मात्रै यो सूचक सन् २०२२ यताकै पहिलो पटक १०० डलरभन्दा माथि पुगेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर