Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अमेरिकी सेनाको दाबी- होर्मुजमा धम्की दिने इरानको क्षमता कमजोर पारिसक्यौँ

प्रतिक्षा खबर
२०८२ चैत्र ७, शनिबार २१:२८

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड(सेन्टकम) ले स्ट्रेट अफ होर्मुजमा इरानले जहाजहरूलाई धम्की दिने क्षमता कमजोर पारेको दाबी गरेको छ । अमेरिकाको पछिल्लो आक्रमणपछि होर्मुज क्षेत्रमा प्रयोग हुने शक्ति कमजोर पारेको सेन्टकमको दाबी छ ।

सेन्टकमका कमान्डर ब्राड कुपरले सामाजिक सञ्जाल एक्समा भिडिओ सन्देश सार्वजनिक गरेर यसै हप्ता गरिएको आक्रमणमा इरानका क्रुज मिसाइल र अन्य हतियार भण्डारण गर्ने भूमिगत संरचना नष्ट पारेको बताएका छन् ।

उनका अनुसार उक्त आक्रमणमा हतियार भण्डारणस्थल मात्र नभई जहाजहरूको आवागमन निगरानी गर्न प्रयोग हुने गुप्तचर सहयोगी केन्द्रहरू तथा मिसाइल रडार प्रणालीसमेत ध्वस्त पारिएको छ ।

‘जसको परिणामस्वरूप होर्मुज वरपर जहाजहरूको स्वतन्त्र आवागमनमा खतरा पुर्‍याउने इरानको क्षमता कमजोर भएको छ,’ कुपरले भनेका छन्, ‘र, हामी यस्ता टार्गेटहरूलाई निरन्तर निशाना बनाउँदै जानेछौँ ।

भिडिओ सन्देशमै कुपरले हालसम्म अमेरिकाले ८ हजार भन्दा बढी इरानी सैन्य ठिकानाहरूमा आक्रमण गरिसकेको बताउँदै जसमा १३० वटा इरानी समुद्री जहाज पनि परेको बताएका छन् । –बीबीसीबाट

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर