Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

चर्चामा महोत्तरी–३ : संघीयता र अधिकार सबै उम्मेदवारका मुद्दा

प्रतिक्षा खबर
२०८२ माघ १०, शनिबार १६:३९
महाेत्तरी । महोत्तरीमा प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ । चार निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै चासोको केन्द्र बनेको छ, क्षेत्र नम्बर ३ । यहाँ ४२ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसको कारण प्रतिस्पर्धा रोचक र जटिल दुवै हुनेछ ।

अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट तत्कालीन लोसपा अध्यक्ष महन्त ठाकुर विजयी भएका थिए । यसपटक भने उनकी छोरी मिनाक्षी झा जसपा नेपालबाट उम्मेदवार बनेकी छन् । महोत्तरी–३ मा यसपटक मुख्य दल, नयाँ राजनीतिक शक्ति, क्षेत्रीय दल र स्वतन्त्र उम्मेदवारको बाक्लो उपस्थिति छ ।

नेपाली कांग्रेसबाट बजरंग नेपाली उम्मेदवार छन्, उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । अधिकारको नाममा पटक–पटक ठगिने अवस्था अब अन्त्य गर्ने र संसद् पुगेपछि मधेसीको हक–अधिकारको आवाज बलियो रूपमा उठाउने उनको भनाइ छ । आफूले वर्षौंदेखि आम नागरिकको बिचमा काम गर्दै आएको उल्लेख गर्दै पार्टीले आफ्नो योगदानको मूल्यांकन गरेर टिकट दिएको बताएका छन् । विगतमा महन्थलाई सहयोग गरेको स्मरण गराउँदै अब जनताको सेवामा अझ जिम्मेवारीका साथ लाग्ने बताएका छन् ।

नेकपा एमालेबाट मनोज सिंह यहाँ उम्मेदवार छन्, उनले जनताको समस्या पर्दा सधैं अगाडि रहने प्रतिबद्धता जनाएका छन् । जलेश्वर नगरपालिका–९ का वडाध्यक्ष हुँदा सीमित बजेटमै पनि राम्रो काम गरेको दाबी गर्दै जनताले आफूलाई फेरि विश्वास गर्ने उनले अपेक्षा व्यक्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट राजकिशोर साह उम्मेदवार बनेका छन् । उनले अब जनतालाई झुटो आश्वासन दिएर ठग्ने राजनीति बन्द हुनुपर्ने बताए । गरिब, निमुखा, दलित, मुस्लिम र पहुँच नपुगेका समुदायका लागि संसद्मा आवाज उठाउने र कृषि, स्वास्थ्यलगायत सबै क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जसपा नेपालबाट यहाँ उम्मेदवार बनेकी ठाकुरले भने मधेसी जनताको अधिकारलाई पूर्णता दिलाउने, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएकी छन् । अधिकारको नाममा मधेसी जनतालाई पटक–पटक ठग्ने प्रवृत्ति अन्त्य गर्ने र जितेपछि मधेसको हक–अधिकारका लागि संसद्मा मजबुत आवाज उठाउने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भने यहाँ उज्ज्वल झा उम्मेदवार बनेका छन् । उनले संघीयताको नाममा अन्य दलहरूले जनतालाई धोका दिएको आरोप लगाउँदै संघीयतालाई सही रूपमा परिभाषित गर्ने बताए । संघीयताबाट प्राप्त अधिकारलाई जनताको हितमा प्रयोग गर्ने र सबै क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनमत पार्टीबाट यहाँ अरबिन्द ठाकुर उम्मेदवार बनेका छन् । उनले मधेस प्रदेशमा आफ्नो पार्टीले जनताको विश्वास जितिसकेको दाबी गर्दै अब मधेसी समुदायसम्म नपुगेका अधिकार पुर्‍याउन संघीयताको बलियो कार्यान्वयन गर्ने बताए । ‘धेरै बोल्ने होइन, धेरै काम गर्ने पार्टीका रूपमा जनमतलाई स्थापित गर्नु छ,’ उनले भनेका छन् ।

नेपाल संघीय समाजवादी पार्टीबाट रिजवान अन्सारी यहाँ उम्मेदवार बनेका छन् । उनले सत्ताको खेलले जनतालाई ठग्ने काम धेरै भइसकेको भन्दै अब जनता सचेत भइसकेको बताए । सही व्यक्तिलाई मत दिने वातावरण बनेको दाबी गर्दै पार्टी जनताको बिचमै रहने प्रतिबद्धता जनाएका छन् ।

यसपटक क्षेत्र नम्बर ३ मा पार्टीभित्रको असन्तुष्टि पनि खुलेर देखिएको छ । एमालेबाट टिकट नपाएपछि रामआधार कापरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले माटो, जनता र जनताको पीडा बुझेकाले आफू विजयी हुने दाबी गरेका छन् । विगतमा बाँकी रहेका काम पूरा गरेको र अब वञ्चित समुदायलाई अधिकार दिलाउने प्रतिबद्धता उनले जनाएका छन् ।

जसपा नेपालबाट टिकट नपाएपछि पूर्वमन्त्री हरिनारायण यादव पनि यहाँ स्वतन्त्र उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा दुई हजार मतले पराजित भएको उल्लेख गर्दै यसपटक जनताले आफूलाई मूल्याङ्कन गर्ने विश्वास उनले व्यक्त गरेका छन् । मन्त्री हुँदा र नहुँदा पनि जनताको बिचमै रहेको भन्दै जनतालाई भगवान् र आफूलाई सेवकको रूपमा प्रस्तुत गरेका छन् ।

यसपटक महोत्तरी–३ मा मतदाताको प्राथमिकता परिवर्तन हुँदै गएको देखिन्छ । भाषणभन्दा काम, आश्वासनभन्दा परिणाम खोज्ने प्रवृत्ति बढ्दो छ । विकास, रोजगारी, सिँचाइ, खानेपानी, शिक्षा र स्वास्थ्य मुख्य मुद्दा बनेका छन् ।

४२ जना उम्मेदवार रहेको यस क्षेत्रमा मत विभाजनको सम्भावना उच्च छ । सानो मतान्तरले पनि नतिजा उल्टिन सक्ने अवस्था बनेको छ । मनोनयन प्रक्रिया सम्पन्न भएसँगै यहाँ प्रचारप्रसार तीव्र बनेको छ । उम्मेदवारहरू घरदैलो, आमसभा र सामाजिक सञ्जालमार्फत मतदातासम्म पुग्ने तयारीमा जुटेका छन् ।

अघिल्लो पटक महन्थ ठाकुर विजयी भएको यो क्षेत्रमा यसपटक नतिजा कसको पक्षमा जाने हो भन्ने निर्णय भने मतपेटिकाबाट मात्रै स्पष्ट हुनेछ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर