Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कृषि सडक निर्माणमा अनियमितता, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्षा खबर
२०८२ कार्तिक १८, मंगलवार १९:४१

१८ कात्तिक, काठमाडौं । सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आरोपितहरूमा कृषि विकास निर्देशनालय धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, सोही निर्देशनालयका कृषि विज्ञ विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडाअध्यक्ष जगदीश मण्डल रहेका छन् ।

यस्तै कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा–२ कजौलीका हरिनारायण यादव, समिति सचिव गंगाराम यादव, समिति कोषाध्यक्ष सावित्री देवी यादव र किरु इन्जिनियरिङ कन्सल्टेन्टका प्रोपराइटर हरिश कुमार सिंहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कृषि विकास निर्देशनालय, धनुषाबाट प्राप्त रु. २३ लाख ५२ हजार ८६९ रुपैयाँ ६६ पैसाको बजेटमा सडक निर्माण गर्ने सम्झौता गरिएको थियो ।

सम्झौता अनुसार कार्य २०७८ साल जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने म्याद थियो । तर तोकिएको समयावधि भित्र काम सम्पन्न नगरी म्याद थपको निवेदन पेश भए पनि त्यससम्बन्धी कुनै निर्णय नभएको र त्यसपछि पनि भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ ।

आयोगले स्थलगत नापजाँच गर्दा नापी किताबमा उल्लेखित ४३७.४० क्युबिक मिटर कार्य भए पनि फिल्डमा मात्र २०३.१४ क्युबिक मिटर कार्य भएको पुष्टि भएको जनाएको छ ।

यसरी २३४.२६ क्युबिक मिटरको कमीका कारण . ६ लाख ९० हजार ६५७ रुपैयाँ ५ पैसा बराबरको हानिनोक्सानी भएको आयोगले बताएको छ ।

आयोगका अनुसार, प्रतिवादीहरूले मिलेमतो गरी वास्तविक कार्यभन्दा बढी देखाई भुक्तानी लिएको र सरकारी निकायलाई हानि पुर्‍याएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मंगलबार आरोप पत्र दायर गरेको छ ।

उनीहरूलाई सो बराबरको रकम फिर्ता गराउनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गरिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर