Advertisement
ताजा खबर
मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न

☰

मधेशका ट्राफिक एसपी सिलवालमाथि छानबिन गर्न बनाइयो ५ समिति

प्रतिक्षा खबर
२०८२ भाद्र १०, मंगलवार १८:१२

१० भदौ, । मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएको र उनको कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीले एसपी सिलवामाथि छानबिनका लागि समिति गठन गरिएको पुष्टि गरे ।

‘छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौं । अहिले छानबिनकै क्रममा रहेकाले थप बताउने अवस्था छैन’ डीआईजी चर्तुवेदीले  भने ।

स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी परेको छ । ती ३५ उजुरी पाँच किसिमका रहेकाले छुट्टा छुट्टै अनुसन्धान गर्न पाँच वटा समिति बनाइएको छ । एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायतको पाँच जनाको नेतृत्वमा छुट्टा–छुट्टै पाँच समिति बनाइएको छ ।

एसपी थापालाई लागेको आरोपको लिखित जवाफ पेश गर्न भन्दै समय समेत तोकिएको बताइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई जरिवाना गरेर छाड्नु पर्नेमा रातभर नियन्त्रणमा राखेको, चालकहरुसँग रकम असुली गरेको लगायत आरोप छ ।

मापसे नगरेको अर्को चालकलाई गाडी चलाउन दिएर जरिवानाको चिट काटि छाड्न भन्दा समेत नछाडि रातभर नियन्त्रणमा राखेको आरोप एसपी सिलवालमाथि छ ।

यसबारे प्रदेश कार्यालयले मापसे सेवन नगरेको चालकलाई गाडी जिम्मा लगाएर चिट काटेर छाड्न निर्देशन दिँदा समेत एसपी सिलवालले नछाडेको बताइएको छ ।

चोरीको सवारी नियन्त्रणमा लिएर भन्सारमा बुझाउनु पर्नेमा भन्सारमा नबुझाई आफूखुसी प्रयोग गरेको आरोपमा पनि सिलवालमाथि छानबिन अघि बढाइएको छ । सामान्यतया चोरीको गाडी नियन्त्रणमा लिने र अनुसन्धान गर्ने काम ट्राफिकको कार्यक्षेत्रभन्दा बाहिर भए पनि सिलवालले भने चोरीका गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुको साटो आफूखुसी प्रयोग गरेको गरेको उजुरी परेको थियो ।

त्यसैगरी सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको भन्दै उजुरी परेको थियो । यो घटना गत ११ साउनको रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर