Advertisement
ताजा खबर
नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता अख्तियारले थाल्यो दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति अनुसन्धान

राजेन्द्र महतोले गठन गरे राजनीतिक समिति

प्रतिक्षा खबर
२०८२ जेष्ठ ११, आईतवार १३:३४

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले ५९ सदस्यीय राजनीति समिति गठन गरेको छ । गत माघमा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएका थियो । चार महिनापछि राजनीति समिति गठन गरिएको हो ।

गत फागुन १२ र १३ गते बसेको केन्द्रीय समितिको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेअनुसार नै यो राजनीतिक समिति गठन गरिएको सो पार्टीका नेता सन्तोष मेहताले बताए ।

पार्टीको अन्तरिम विधान अनुसार पार्टीको समसामयिक विषयमा महत्त्वपूर्ण नीतिगत निर्णय गर्न अधिकतम १५१ सदस्यीय राजनीतिक समिति हुनेछ । यो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् । त्यस्तै केन्द्रीय कार्यसमितिका सबै पदाधिकारीहरू यस समितिमा रहनेछन् ।

केन्द्रीय सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिका प्रमुखहरू राजनीतिक समितिको पदेन सदस्य हुने विधानमा भनिएको छ ।

केन्द्रीय कार्य समिति नबसेमा वा बस्न नसकेको अवस्थामा केन्द्रीय कार्यसमितिका अधिकार यस समितिले लिने प्रावधान विधानमा उल्लेख छ । राजनीतिक समितिको बैठक कम्तीमा पाँच महिनामा एक पटक बस्नुपर्ने हुन्छ ।

राजनीतिक समितिमा पार्टीका  राजेन्द्र महतो अध्यक्ष रहेका छन् भने सदस्यहरूमा बुद्ध छिरिङ मोक्तान, रामनरेश राय यादव, कमला गुरुङ, सुमन सायमी, ओमप्रकाश गुल्जारी यादव, चन्द्रकान्त चौधरी, शैलकुमारी महतो, इस्लाम हवारी, विश्वनाथ सिंह, राजीव झा, कौशलकुमार सिंह, केशव झा, रमण पाण्डे, सन्तोष मेहता, रामकिशोर सिंह, अनिल महासेठलगायतका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर