Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

जसपा नेपाल धनुषाको अधिवेशन आज , अध्यक्षका आकांक्षीहरु अन्तिम कसरतमा

प्रतिक्षा खबर
२०८२ बैशाख २५, बिहीबार ०८:५९

जनकपुरधाम, वैशाख २५ । जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन आज बाट जनकपुरधाममा शुरु हुने भएको छ।

अधिवेशनको उद्घाटन सत्र आज दिउसो १ बजे महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रको सभाकक्षमा शुरु हुने जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन ।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने उद्घाटन सत्रमा केन्द्रीय पदाधिकारी तथा नेताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । अधिवेशनका लागि जिल्ला भरि बाट करिब ३ सय २५ जना प्रतिनिधि छनौट भएका छन ।

अधिवेशन बाट नयाँ नेतृत्वका आकांक्षी नेताहरु अन्तिम कसरतमा जुटेका छन । उद्घाटन सत्र सकिए लगतै बन्द सत्र शुरु हुने भएकाले नेतृत्वका आकांक्षीहरुले केन्द्रिय नेता देखी प्रतिनिधि सम्मलाई रिझाउने अन्तिम कसरत गरि रहेका छन ।

अधिवेशनबाट नेतृत्वको आकांक्षीहरुमा वर्तमान अध्यक्ष पशुपति यादव, जिल्ला संगठन विभाग प्रमुख सत्रुधन यादव, जिल्ला सचिव वरुण कुमार यादव, मुखियापट्टी मुसहरनीया गापा अध्यक्ष जय कुमार यादव, जनकनन्दनी गापा अध्यक्ष दिपिनदेव यादव, शहीद नपाका प्रमुख दिनेश प्रसाद यादव, पूर्व जिल्ला अध्यक्ष चन्देश्वर महतो, युवा नेता दिपु कापडी, रामनारायण कापडी सहितका नेताहरुले विभिन्न माध्यम बाट इच्छा जाहेर गरेका छन ।

सहमतिमै नेतृत्व चयनका लागि प्रयास जारी रहेपनि सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर