Advertisement
ताजा खबर
तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष

☰

जसपा नेपाल धनुषाको अधिवेशन आज , अध्यक्षका आकांक्षीहरु अन्तिम कसरतमा

प्रतिक्षा खबर
२०८२ बैशाख २५, बिहीबार ०८:५९

जनकपुरधाम, वैशाख २५ । जनता समाजवादी पार्टी नेपाल धनुषाको जिल्ला अधिवेशन आज बाट जनकपुरधाममा शुरु हुने भएको छ।

अधिवेशनको उद्घाटन सत्र आज दिउसो १ बजे महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक केन्द्रको सभाकक्षमा शुरु हुने जिल्ला अध्यक्ष पशुपति यादवले जनाएका छन ।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा हुने उद्घाटन सत्रमा केन्द्रीय पदाधिकारी तथा नेताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । अधिवेशनका लागि जिल्ला भरि बाट करिब ३ सय २५ जना प्रतिनिधि छनौट भएका छन ।

अधिवेशन बाट नयाँ नेतृत्वका आकांक्षी नेताहरु अन्तिम कसरतमा जुटेका छन । उद्घाटन सत्र सकिए लगतै बन्द सत्र शुरु हुने भएकाले नेतृत्वका आकांक्षीहरुले केन्द्रिय नेता देखी प्रतिनिधि सम्मलाई रिझाउने अन्तिम कसरत गरि रहेका छन ।

अधिवेशनबाट नेतृत्वको आकांक्षीहरुमा वर्तमान अध्यक्ष पशुपति यादव, जिल्ला संगठन विभाग प्रमुख सत्रुधन यादव, जिल्ला सचिव वरुण कुमार यादव, मुखियापट्टी मुसहरनीया गापा अध्यक्ष जय कुमार यादव, जनकनन्दनी गापा अध्यक्ष दिपिनदेव यादव, शहीद नपाका प्रमुख दिनेश प्रसाद यादव, पूर्व जिल्ला अध्यक्ष चन्देश्वर महतो, युवा नेता दिपु कापडी, रामनारायण कापडी सहितका नेताहरुले विभिन्न माध्यम बाट इच्छा जाहेर गरेका छन ।

सहमतिमै नेतृत्व चयनका लागि प्रयास जारी रहेपनि सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर