Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

टियु प्रध्यापक संघ राराब समिति विभाजको संघारमा

प्रतिक्षा खबर
२०८१ चैत्र २७, बुधबार ०९:१३

जनकपुरधाम, चैत २७ । त्रिभूवन विश्व विद्यालय (टियु) विश्वविद्यालय प्रध्यापक संघ राराब क्याम्पस इकाई समितिले आफ्नै संगठनका अध्यक्ष र सचिवमाथि आक्षेप लगाउँदै पठन पाठन अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रध्यापक संघले निर्वतमान क्याम्पस प्रमुख प्रदीपकुमार प्रसादलाई कारवाही गराउने प्रपञ्चमा वर्तमान क्याम्पस प्रमुख प्रा.डा. बसन्तकुमार लालकर्ण लागेको अध्यक्ष सचिव सहितले जारी गरेको विज्ञप्तिमा आरोप लगाइएको छ भने प्रध्यापक संघकै सदस्यहरुले क्याम्पस प्रमुख कर्णलाई बदनाम गर्न सो विज्ञप्ति प्रकाशन गरिएको आरोप लगाइएको छ

निवर्तमान क्याम्पस प्रमुख प्रदीपकुमार क्याम्पस प्रमुखको पदमा रहँदा पदीय दायित्व निर्वाह गर्ने क्रममा परेको मुद्दामा उच्च अदालत जनकपुरधामले उनलाई क्याम्पस प्रमुखको हैसियतले दोषी देखाई उनको विपक्षमा फैसला गरेको थियो ।

प्रध्यापक संघका अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा क्याम्पस प्रमुख कर्ण नै गल्ती गरेको स्पष्ट रुपमा आरोप लगाइएको छ । तर, सदस्यहरुले जारी गरेको विज्ञप्तिमा क्याम्पसमा सुधार ल्याउने, शैक्षिक गतिविधि बढाउन प्रयासरत्त रहेको क्याम्पस प्रमुख माथि यस्तो लांच्छना लगाउँनु दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।

राराब क्याम्पसबाट तलव सेवा सुविधा प्राप्त गर्ने अनि निजी कलेजमा सम्पूर्ण समय विताउने मानसिकता बोकेका प्रध्यापकहरुकै कारण राराब क्याम्पसको अवस्था दिनप्रतिदिन खस्किदै गएको आरोप पटक पटक लाग्दै आएको छ ।

प्रध्यापक संघका अध्यक्ष र सचिवले जारी गरेको विज्ञप्तिमा २८ गते देखि आन्दोलनमा जाने चेतावनी दिएकै बेला अर्का टोलीले समेत क्याम्पस प्रमुखलाई बदनाम गर्ने प्रयास गरिए पठन पाठन अवरुद्ध गर्ने चेतावनी दिएका छन् । ११ सदस्यीय प्रध्यापक संघ राराब इकाई समितिमा ६ जना अध्यक्ष र सचिवको खेमा मा छन् भने पाँच जना अर्कौ खेमा बनाएका छन् ।

स्रोतका अनुसार राराब क्याम्पसबाट तलव सेवा सुविधा खाएर निजी कलेजमा पठन पाठन गराउने प्रध्यापकहरु अध्यक्ष र सचिवको खेमामा रहेको र राराबमै पठन पाठन गराउनेहरु सदस्यहरुको खेमा रहेको छ ।

राराब कलेजमा पठन पाठन शुरु, नयाँ विद्यार्थी भर्ना लगायतका सुधार र उन्नतिका समयमा यहाँका केही निजी कलेजहरु प्रध्यापक र विद्यार्थीलाई उचालेर राराब कलेजलाई प्रभावित गर्ने गरेको देखिएको विद्यार्थीहरुकै भनाई छ । राराब कलेज, राजर्षि जनक विश्व विद्यालय लगायतमा ती कलेजहरुले मोटो रकम खर्च गरेर एजेन्टहरु नै खटाएका विद्यार्थीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर