Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

गाँजा र हतियार सहित एकजना पक्राउ

प्रतिक्षा खबर
२०८१ चैत्र २६, मंगलवार २१:२५

ओम प्रकाश यादव
रौतहट, चैत २६ । रौतहटमा लागुऔषध गाँजा र अवैध हतियार सहित एकजना पक्राउ परेका छन्।

कटुवा पेस्तोल, गोली र गाँजासहित जिल्लाको गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका-१ बन्जरहा झुलुङ्गे पुलबाट कटुवा पेस्तोल १ थान, गोली ४ राउण्ड र १ सय ९ किलो गाँजासहित गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमान्डमा गएको टोलीले सोमबार राति गुप्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

लालबकैया केराघारी हुँदै टाउकोमा गाँजाको बोरा बोकेर भारततर्फ गइरहेको गिरीलाई प्रहरीले हेरेपछि गिरी गाँजा फालेर भागेका थिए। त्यसपछि प्रहरी टोलीले उनलाई लखेटेर नियन्त्रणमा लिएका थिए।

पक्राउ परेका गिरीमाथि लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजतलास गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर