Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सिराहाका दुई क्याम्पसमा नेविसंघ विजयी

प्रतिक्षा खबर
२०८१ चैत्र ६, बुधबार १२:४१

सिराहा । सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।

सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । उनले एक सय ७८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले एक सय १० मत मात्र पाए । सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन्

सदस्यहरूमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आरती कुमारी मण्डल, अजिता कुमारी यादव, विशाल यादव र मनिषा कुमारी यादव निर्वाचित भएका छन् ।

त्यसैगरि सिरहाको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसको स्ववियुमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ ।

स्ववियू सभापतिमा नेविसंघका रोहित राउत विजयी भएका हुन् । उनले पाँचसय ७५ मत ल्याएर निकटतम प्रतिस्पर्धीसँग एक सय ४४ मतान्तरले विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी अनेरास्ववियूका सभापति उम्मेदवार मनिष चौधरीले चारसय ३१ मत ल्याए । विद्यार्थी जनमत संघ, समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र अनेरास्ववियू एसको संयुक्त मोर्चाबाट सभापति उम्मेदवार बनेका ललित यादवले मात्र ९७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर