Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

सरकारले ल्याएको अध्यादेश राष्ट्रहितमा छैन : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ फाल्गुन १६, शुक्रबार २२:२०

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश सुकुम्वासीका नाममा भूमाफिया र जग्गा दलालहरूले पोस्न ल्याएको बताएका छन् ।

शुक्रवार अध्यादेशबारे विभिन्न दलका नेताहरूसँगको अन्तरक्रियामा अध्यक्ष यादवले सुकुम्वासीका नाममा बिचौलिया, रियलस्टेटवालाले महत्त्वपूर्ण जग्गाहरू हडप्ने योजनाअनुसार सरकारले उक्त अध्यादेश ल्याएको बताएका हुन् ।

उनले सुकुम्वासी समस्या समाधान गर्न २०१४ सालदेखि व्यवस्थित गर्न खोजिए पनि २०२४ सालमा वन फडानी गरिएको बताए । त्यसपछि हरेक वर्ष हरेक सरकारले भूमि आयोग बनाउँदै आए पनि विज्ञहरूले जग्गा पाउनेहरू ७० प्रतिशतभन्दा बढी राजनीतिक कार्यकर्ताले पाउने गरेको बताए ।

‘वन फाँड्नु भनेको फौजदारी कसुर हो । तर वन फाँड्नेले जग्गा पाएका छन्, सुकुम्वासीले अत्यन्त कम पाएका छन्’, यादवको भनाइ छ ।  अध्यक्ष यादवले वन विनाश हुँदै जाँदा नेपालमा मात्र नभएर भारतलाई समेत चिन्ताको विषय बनेको बताए ।

‘यसको चिन्ता नेपाललाई मात्र भएको छैन । भारतलाई पनि भएको छ’, उनले भने, ‘तराई मरुभूमिकरण हुने, चुरे र वन समाप्त हुने गर्दा गंगाको किनारसम्मका भागमा पनि असर पर्दा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि असर पार्नेछ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर