Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

एक दशकमा वैदेशिक रोजगारीमा गएका १० हजार बढीको मृत्यु

प्रतिक्षा खबर
२०८१ पुष २, मंगलवार २०:०२

२ पुस, काठमाडौं । नेपाली श्रमिकको विदेशमा मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा १० हजारभन्दा बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय प्रवास श्रमिक दिवसमा जिफन्टले निकालेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्म अर्थात् १० वर्ष अवधिमा वैदेशिक रोजगारी क्रममा १० हजार २ सय ७४ नेपालीले ज्यान गुमाएका छन् ।

गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।

२०७१/७२ मा ६ महिला र १ हजार पुरुषको प्रवासमा ज्यान गएको थियो । २०७२/७३ मा २४ महिला र ७ सय ८९ पुरुष गरी ८१३ को मृत्यु भएको देखिन्छ । २०७३/७४ मा १८ महिला र ७ सय ३७ पुरुष गरी प्रवासमा ७ सय ५५ जनाको ज्यान गएको थियो ।

यस्तै २०७४/७५ मा ८ सय पुरुष र २१ महिला कामदारको विदेशमा ज्यान गएको थियो । त्यसपछि २०७५/७६ मा ७ सय ९६, २०७६/७७ मा ६ सय ५६, २०७७/७८ मा १ हजार २ सय ४९, २०७८/७९ मा १ हजार ४ सय ७९, २०७९/८० मा १ हजार २ सय ८ र २०८०/८१ मा १ हजार ४ सय ९२ नेपाली श्रमिकले विदेशमा ज्यान गुमाएका छन् ।

जिफन्टका अनुसार वैदेशिक रोजगार विभागले मृतक संख्या गन्ने र श्रमिककै पैसाले बनेको कल्याणकारी कोषबाट मृतकको परिवारलाई भुक्तानी दिनुबाहेक केही गरेको देखिँदैन ।

गन्तव्य मुलुकमा श्रमिकको मृत्यु रोक्न कार्यस्थल तथा आवासको अवस्था सुधारका लागि सरोकारवालासँग छलफल गर्ने योजना बनाउनेतर्फ कुनै वास्ता नगरिएको जिफन्टको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार विदेशमा मृत्यु भएका अधिकांश व्यक्तिको मृत्युको कारण प्राकृतिक, हृदयाघात वा अचानक भएको मृत्यु लेखिएका कारण मृतक श्रमिकका परिवार गन्तव्य मुलुकबाट क्षतिपूर्ति लिनबाट पनि वञ्चित छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर