Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

नेपालको महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

प्रतिक्षा खबर
२०८१ कार्तिक २८, बुधबार २०:२०

नेपालको महिला क्रिकेट टोली पहिलो पटक विश्वकपमा

२८ कात्तिक, काठमाडौं । आयोजक यूएईलाई स्तब्ध पार्दै नेपाल पहिलो पटक यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ ।

नेपालको सिनियर पुरुष टोलीले दुई पटक टी–२० विश्वकप र यू–१९ टिमले ८ पटक विश्वकप खेलिसकेपनि महिला क्रिकेटमा नेपालको कुनै टोली विश्वकपमा पुग्न सकेको थिएन ।

सिनियर महिला टोली प्रारम्भिक छनोटबाट अघि बढ्न नसके पनि यू–१९ महिला टोली यसपटक विश्वकपमा छनोट हुन सफल भयो ।

नेपाल यू–१९ विश्वकपमा पुग्ने लक्ष्यका साथ यूएईमा हुने छनोट खेल खेल्न गएको थियो । कुवेत, नेपाल, थाइल्याण्ड र यूएई गरी चार टोली सहभागी एसिया छनोटबाट एक टोली मात्र विश्वकपमा पुग्न सक्थे ।

डबल राउण्ड रोविनमा भएको छनोटमा अरु टोलीलाई हराएको नेपाल यूएईसँग १३ रनले पराजित भएको थियो । विश्वकपमा स्थान बनाउन नेपालले दोस्रो खेलमा घरेलु टोली यूईएलाई हराएर मात्र पुग्दैनथ्यो, नेट रन रेटमा जित्नुपर्ने भयो ।

बुधबार भएको यूएईविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गरेमा १४० रन बनाउँदा २१ वा सोभन्दा बढी रनअन्तरले जित्नुपर्ने थियो भने लक्ष्य पछ्याउँदा १६.१ ओभरमा पूरा गर्नुपर्ने समीकरण थियो ।

यूएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले जतिसक्दो कम स्कोरमा रोक्नुपर्ने थियो । बलरहरुको राम्रो प्रदर्शनमा यूएईलाई ८३ रनमै रोक्न सफल हुँदा नेपालले ९ विकेट पनि लियो ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर घरेलु टोली यूएईले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो । यूएईको त्यो निर्णयलाई नेपालले सुरुवातदेखि नै विकेट लिँदै गलत बनाएको थियो ।

कृष्मा गुरुङको ४, अनि रिया शर्मा र सीमा केसीको २–२ विकेट मद्दतमा नेपालले यूएईलाई २० ओभरमा ८३–९ रनमै रोक्न सफल भयो यूएईका लागि कप्तान समाइरा धर्निधार्काले सर्वाधिक ३१ रन बनाइन् भने रिनिथा रजिथले २० रन जोडिन् ।

लावान्या केनी र इन्धुजा नन्दकुमारले समान १० रन जोडे । कृषामा गुरुङले १८ औं ओभरमा इन्धुजासहित ३ खेलाडीलाई आउट गरेपछि नेपालले स्कोर गति रोकेको थियो ।

नेपालका लागि कृष्माले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चेर ४ विकेट लिइन् । रियाले ४ ओभरमा १२ र सिमानाले १८ रन खर्चेर समान २ विकेट लिए ।

८४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रमक सुरुवात गर्दै पहिलो ओभरमै १० रन जोड्यो । त्यसलाई कायम राख्दै नेपालले १६ ओभरमै जित हात पार्‍यो ।

आक्रामक सुरुवात गरेकी विकेटकिपर सावित्री धामी तेस्रो ओभरको चौथो बलमा १२ रन बनाएर आउट भइन् । ९ बलको सामना गरेकी उनले एक चौका प्रहार गरेकी थिइन् । त्यसपछि कप्तान पूजा महतोले ओपनर साना प्रविनसँग ३० रनको महत्वपूर्ण साझेदारी गरिन् ।

पूजा १८ बलमा ४ चौका मदतमा २१ रन बनाएर सातौं ओभरको अन्तिम बलमा आउट हुँदा नेपाल ४८–२ को स्थितिमा थियो । त्यहाँबाट साना प्रविन र उपकप्तान सोनी पाख्रिनले इनिङ्स अघि बढाए । यही जोडीले तेस्रो विकेटका लागि अविजित ३८ रनको साझेदारी गर्दै नेपाललाई विश्वकपमा पुर्‍याए ।

सानाले अन्तिमसम्म क्रिजमा रहँदै ४२ बल खेलेर अविजित ३५ रन बनाइन् । ४२ बल खेलेकी उनले १ चौका पनि प्रहार गरिन् । सोनीले १९ बल खेलेर अविजित १३ रन योगदान गरिन् ।

१६ वटै टोलीको टुङ्गो

एसियाबाट नेपाल छनोट भएसँगै विश्वकप खेल्ने सबै १६ टोलीको टुङ्गो लागेको छ । यू–१९ महिला टी–२० विश्वकप जनवरी १८ देखि फेब्रुअरी ७ सम्म मलेसियामा हुने तय भएको छ, जसमा अघिल्लो संस्करणका शीर्ष १० टोली, आयोजक मलेसिया स्वतः छनोट भएका छन् ।

अघिल्लो पटक विश्वकप खेलेका अष्ट्रेलिया, बंगालदेश, इंग्ल्याण्ड, भारत, आयरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेष्ट इन्डिज सोझै छनोट भएका हुन् ।

नेपालसहित नाइजेरिया, समावा, स्कटल्याण्ड र अमेरिका क्षेत्रिय छनोटबाट आएका छन् । अमेरिकी क्षेत्रमा भने अन्य कुनै टिम नभएकाले अमेरिका छनोट नखेली स्वतः विश्वकप खेल्न छानिएको हो ।

युरोपियन क्षेत्रबाट छनोट भएर आएको स्कटल्याण्डले अघिल्लो पटक पनि विश्वकप खेलेको थियो । एसियाली क्षेत्रबाट अघिल्लो पटक नेपाल र थाइल्याण्डलाई पछि पार्दै यूएई विश्वकपमा पुगेको थियो । यस पटक भने यूएईलाई रोकेर नेपाल विश्वकपमा पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर