Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

प्रदेश २ : संसदमा एमालेभन्दा एकीकृत समाजवादी ‘बलियो’, सरकारमा जाने तयारी

प्रतिक्षा खबर
२०७८ भाद्र १५, मंगलवार १४:२९

प्रदेश २ सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी पनि सहभागी हुने भएको छ।
नेकपा एमालेबाट अलग्गिएर नयाँ दल एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता गरेलगत्तै नेपाल पक्षले प्रदेश २ को सरकारमा सहभागी हुने तयारी गरेको हो।
प्रदेश २ को प्रदेश सभामा एमालेका २१ सांसद छन्, जसमध्ये १३ जना नेपाल पक्षका हुन्।
सर्वोच्च अदालतले नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएपछि माधव नेपाल पक्षले एमाले संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई १३ सांसदको बहुमतसहित हटाएर शत्रुधन महतोलाई राखेको थियो।
पार्टी औपचारिक रूपमा विभाजन भएपछि पनि प्रदेश सभामा नेपाल पक्ष नै बलियो देखिएको छ भने एमाले कमजोर।
प्रदेश सांसद महतोले एकीकृत समाजवादी पार्टीतर्फका प्रदेश सांसदहरू प्रदेश सभामा उपस्थित भएर सनाखत गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रदेश सांसदहरू गोविन्द बहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ आफ्ना पक्षमै रहेको दाबी एकीकृत समाजवादीको छ।
‘दल विभाजनपश्चात् पनि हालसम्म १३ जना प्रदेश सांसद नयाँ दल एसकै पक्षमा छन्। भोलिपर्सि सम्मा प्रदेश सभामा सनाखत गराउने हाम्रो तयारी छ,’ प्रदेश सांसद महतोले भने, ‘संख्या केही घटबढ हुन सक्छ। तर बढ्ने सम्भावना बढी छ।’
पार्टीका सांसदको सनाखतलगत्तै एकीकृत समाजवादीको दलको बैठक बसी सरकारमा जाने निर्णय गरिने उनले बताए।
‘सांसदको संख्याका आधारमा महत्त्वपूर्ण र एकभन्दा बढी मन्त्रालय लिएर सरकारमा जाने हाम्रो तयारी छ,’ उनले भने, ‘दलको बैठकबाट दलको नेता चयन र के कसरी अघि बढ्ने विषयमा छलफल हुन्छ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा विपक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपासहितको पाँचदलीय गठबन्धन बनेको थियो। यसपछि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा कांग्रेस तीन र माओवादी केन्द्र एक मन्त्रालयसहित सरकारमा सहभागी भएको हो।
माधव नेपाल पक्ष भने पार्टी विवादका कारण सहरकारमा सहभागी भएको थिएन। तर नेपाल पक्षका नेताहरूले पार्टी विवाद समाधान हुनेबित्तिकै सरकारमा सहभागी हुने बताइरहेका थिए।
कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन जसपाको अध्यक्ष उपेन्द्र यादव पक्षले ओली पक्षमा लागेका तत्कालीन जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेका थिए। मुख्यमन्त्री राउतले केही मन्त्रालय फुटाएर कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका थिए।नेपाल खबर

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर