Advertisement
ताजा खबर

बन्धकको शव भेटिएपछि भड्किए नेतान्याहु

प्रतिक्षा खबर
२०८१ भाद्र १६, आईतवार २१:४६

तेल अभिभ । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भड्किएका छन् ।

शव भेटिएको केही घण्टापछि नेतान्याहुले इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । इजरायलले बन्धकहरूको मृत्युका जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आफूले आराम नगर्ने उनले बताएका छन् ।

‘जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन,’ हमासलाई दिएको एक सन्देशमा उनले भनेका छन् । प्रारम्भिक अनुमान अनुसार बन्धकहरूको मृत्यु इजरायली सेना पुग्नु भन्दा केही समय अगाडि भएको सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरूलाई भनेका थिए ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र झन्डै २५० जनालाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए ।

युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेकोले यी मृत्युका लागि इजरायल जिम्मेवार भएको हमासका वरिष्ठ नेता एज्जत अल–रसिकले दाबी गरेको समाचार एजेन्सी रोयटर्सले भनेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर