Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

गाजाको विद्यालयमा इजरायली आक्रमण, १२ जनाको मृत्यु

प्रतिक्षा खबर
२०८१ भाद्र ५, बुधबार २१:११

रफाह । इजरायली सेनाले गाजा सहरको अर्काे विद्यालयमा आक्रमण गरेको छ । हमासद्वारा सञ्चालित रक्षा प्राधिकरणले सो आक्रमण भएको दाबी गरेको हो । यस हमलामा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजाको पश्चिमी रिमाल इलाकामा रहेको मुस्तफा हाफेज विद्यालयमा भएको आक्रमणपछि उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएका थप व्यक्तिहरूको खोजी गरिरहेको प्राधिकरणका प्रवक्ताले बताएका थिए ।

यही विद्यालयभित्रबाट हमासको कमान्डर र कन्ट्रोल सेन्टर सञ्चालन भइरहेको र यसैलाई निशाना बनाएको इजरायली सेनाले बताएको छ । यसअघि पनि इजरायलले यस क्षेत्रका केही विद्यालयमा आक्रमण गरिसकेको छ ।

यी विद्यालय हमास लडाकुहरूको अड्डा बनेको दाबी इजरायलले गर्दै आएको छ । यसअघि इजरायली सेनाले गाजापट्टी क्षेत्रबाट ६ जना बन्धकको शव फेला पारेको दाबी गरेको थियो । गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेर हमासले झन्डै २५० जनालाई बन्दी बनाएर लगेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर