Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

एक युवा अटोमेटिक पेस्तोलसहित पक्राउ

प्रतिक्षा खबर
२०८१ बैशाख १३, बिहीबार १६:४१

१३ वैशाख, काठमाडौं । पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागु औषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् । उनलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।
लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
बागमती प्रदेश ०३३ प् १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागु औषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।
राजु नेकेट भनेर समेत चिनिने उनीविरुद्ध यसअघि १३ वटा मुद्दा चलेको समेत पाइएको छ । पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँदा १३ वटा मुद्दाको विवरण खुलेको हो ।
उनीविरुद्ध ९ चैत २०६२ मासार्वजनिक अपराधको मुद्दा चलेको थियो । २६ चैत २०६५ मा पनि कास्की प्रहरीबाटै सार्वजनिक अपराधको मुद्दा चलेको थियो ।
त्यस्तै १९ साउन २०६६ मा लागु औषध, २६ चैत २०६६ मा सार्वजनिक अपराध, २ असार २०६७ मा चोरी, ६ असार २०६७ मा चोरीको मुद्दा चलेको सीआरएमा भेटिएको छ ।
६ भदौ २०६७ मा सार्वजनिक अपराध, ११ माघ २०७१ मा लागु औषध, ८ माघ २०७१ मा चोरी, १६ कात्तिक २०७७ मा अभद्र व्यवहार, २८ फागुन २०७७ मा अभद्र व्यवहार, ११ मंसिर २०७९ मा लागु औषध र २२ कात्तिक २०८० मा चोरी तथा डाँका कसुरको मुद्दा चलेको पाइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर