Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

ओलीले फेरि संसद विघटन गर्न सक्छन् : चित्रबहादुर केसी

प्रतिक्षा खबर
२०८१ श्रावण ५, शनिबार १८:०७

५ साउन, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अब फेरि संसद विघटन हुनसक्ने आशंका गरका छन् ।

शनिबार बुटवलमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार भेटघाटमा केसीले विगतमा जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संंसद विघटन गर्न सक्ने बताएका हुन् ।

‘ओलीले विगतमा अदालतले गलत ठहर गरेर फैसला गर्दा पनि दुई पटकसम्म संसद विघटन गरेका थिए, त्यो कुरा गल्ती हो भनेर अहिलेसम्म स्वीकारेका छैनन्’, केसीले भने, ‘फेरि पनि संसद भत्काउने र मुलुक प्रतिगमनतिर जाने डर छ ।’

कांग्रेस र एमालेले गरेको भनिएको सात बुँदे सहमति अहिलेसम्म सार्वजनिक किन नगरेको भनेर नेता केसीले प्रश्न समेत गरेका छन् ।

‘रातारात गरेको सात बुँदेमा के छ ? जनता र राष्ट्रको हितमा भएको भए किन लुकाइरहेका छन् ?’, केसीले भने, ‘सार्वजनिक नगर्नुपर्ने के कारण हो, यसरी लुकाएर हुँदैन ।’

कांग्रेस र एमालेले स्थायित्व चाहेको भए २०७९ को चुनावको नतिजा आएलगत्तै सोचेर दुई ठूला दल मिलेर सरकार बनाउनुपर्ने केसीले बताए ।

विगतमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई स्वर्ग गए पनि संगै, नर्क गए पनि संगै जाने हो, गठबन्धन २०८४ सम्म जान्छ भनेको उल्लेख गर्दै केसीले नयाँ गठबन्धनले स्थिरता दिन्छ भनेर पत्याउन नसकिने बताए ।

‘नेपालको राजनीतिमा सिद्धान्त, इमान जमान छैन, छलकपट, जालझेल मात्रै छ त्यसैले यो सरकार लामो समय टिक्छ भनेर भन्ने अवस्था छैन’, केसीले भने, ‘यहाँ एउटालाई खेलाएर अर्कोलाई गलाउने, अर्कोलाई प्रयोग गरेर अर्कोलाई सिध्याउने आफू जोगिने खेल मात्र हुन्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर