Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

औरही नगरपालिकाले गरे आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रममा , ५६ करोड २१ हजारको बजेट प्रस्तुत

प्रतिक्षा खबर
२०८१ असार ११, मंगलवार ००:५५

गोपाल झा

महोत्तरी , अषाढ १० गते

महोत्तरीको औरही नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

नगरसभामामा नगर प्रमुख प्रदिप कुमार खड्काले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी प्रस्तुत गरेको बजेटमा कार्यालय संचालन तथा प्रशासनिक खर्च ९ करोड ३७ लाख, शिक्षा तथा खेलकुद तर्फ (चालु) १० करोड,४ लाख २२ हजार, शिक्षा तथा खेलकुद तर्फ( पुँजीगत) श्री प्रसाद नमुना बिधालय लगायत औरही नगरपालीकामा रहेको अन्य बिधालयको लागि १ करोड ५५ लाख,स्वास्थ तर्फ(चालु) ५ करोड ४४ लाख ९२ हजर,स्वास्थ तर्फ(पुँजीगत) १५ बेड अस्पताल र वडा स्तरीय आधारभुत स्वास्थ चौकी ९ करोड ५१ लाख,कृषि तथा पशुपंछी तर्फ ३८ लाख ७४ हजरा,गरिबी निवारण १० करोड ६० लाख, उद्योग तथा रोजगार प्रवर्द्धन तर्फ ६९ लाख ५७ हजर,पूर्वधार तर्फा(सडक निर्माण,सडक ढलान,अन्य) १० करोड,बस्ती बिकास(दलित आवास कार्यक्रम) २ करोड ५० लाख,वडा कार्यालय भवन निर्माण(समपुरक अनुदान) १ करोड,प्रदेश सरकारको प्राप्त अनुदान समानीकरण शसर्त,बिशेष,समपुरक अनुदान २ करोड १७ लाख ६० हजार,आन्तरिक तर्फ (आय,कर,राजस्व) १ करोड ५० लाख,संघीय सरकार बाट अन्य निर्माणको लागी २ करोड ७१ लाख ४६ हजार गरेर कुल ५६ करोड २१ हजारको बजेट नगरप्रमुख खड्काले प्रस्तु गरेका हुन् ।

नगरप्रमुख खड्काले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी दिए ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कणर्को प्रमुख आतिथ्यतामा आयोजित नगरपालिकाको १४ औँ नगरसभाको उद्घाटन समारोहमा प्रदेश सांसद जयनुल राईन,महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसी ,नगर उपप्रमुख रेणु झा, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू ,नगरपालिकाका कर्मचारीहरु लगायत बाक्लो सङ्ख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर