Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

विश्वका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर सुरु

प्रतिक्षा खबर
२०७७ असार ७, आईतवार ११:०२

प्रतीक्षा खबर
रामगाेपालपुर, असार ७ गते ।
विश्वका ८१ देशमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएको छ । यसमा अमेरिका, इजराइल, स्विडेन, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश समावेश छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस गेब्रेयसेसले दक्षिण एशिया, मध्य पूर्व र अफ्रिकी देशको स्थिती थप चिन्ताजनक हुनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।
टेड्रोसले धेरैजसो देशका अनलकका कारण कोरोनाको जोखिम बढेको ठहर गरेका छन् । यी देशमा पछिल्लो दुई हप्तामा संक्रमण थप तीब्र गतिमा बढेको बताइएको छ ।
अफ्रिकामा सय दिनमा १ लाख संक्रमित देखिएका थिए । अब १९ दिनमा नै यहाँ संक्रमितको संख्या दोब्बर भएको छ । दक्षिण अफ्रिकामा दैनिक एक हजार संक्रमित भेटिएका छन् । ३६ देशमा मात्रै कोरोनाका नयाँ संक्रमितको संख्यामा गिरावट आएको छ ।
अमेरिकाः वासिङ्टन, न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ
अमेरिकाको वासिङ्टन र न्यूयोर्क सिटीमा सोमबारदेखि अनलक–टु सुरु हुनेछ । यस अन्तर्गत न्यूयोर्क सिटीमा सैलुन र अन्य पसल खोलिनेछन् । आउट डोर डिनर गर्न सकिनेछ । मेयर बिल डे ब्लासियोले शहरका सीमा पनि खोल्ने तयारी भएको जानकारी दिए । वासिङ्टनमा अनलक–टु मा रेष्टुरेन्ट, खुद्रा पसल खोलिनेछन् । धार्मिक स्थलमा सय जनाभन्दा बढी जम्मा हुन सक्नेछन् । अमेरिकामा हामलम्म कोरोनाका २३ लाख ३० हजार बढी संक्रमित भेटिएका छन् । साथै १ लाख २१ हजार बढीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर