Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

रामचन्द्रको यात्रा शिक्षकदेखि सभामुखसम्म

प्रतिक्षा खबर
२०७९ माघ ३, मंगलवार २०:१२

शैलेन्द्र महतो शैलेन्द्र महतो
३ माघ, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादव, रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, मो.समिर दाबेदार थिए । तर दलको नेतामा सरोज यादव र उपनेतामा दीपेन्द्र ठाकुर चयन भए
रामचन्द्र मण्डल माओवादी केन्द्रबाट आएका कारण उनलाई एमालेले नपत्याएको चर्चा भयो । २०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पछि एमाले प्रवेश गरेका कारण उनले प्रदेशसभा सदस्य पद गुमाएका थिए ।
पद गुमाएर भए पनि एमालेमा बसेको आफ्नो त्यागलाई अवमूल्यन गरेकामा उनी निराश भए । यद्यपि पार्टीको निर्णयमा विमति जनाएनन् । तर आज रामचन्द्र प्रफुलित छन् । उनी मधेश प्रदेशसभाको सभामुख निर्वाचित भए ।
मंगलबार प्रदेशसभामा भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत पर्‍यो । धनुषा १(२) बाट दोस्रो पटक निर्वाचित मण्डललाई प्रदेशसभामा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र चार स्वतन्त्र सांसदले मत दिए । नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार जंगीलाल रायले कांग्रेस र एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको मत पाए ।
बाल्यकालदेखि क्रान्तिकारी विचार बोकेका मण्डल शिक्षक हुँदै सभामुख बन्न सफल भएका हुन् । धनुषाको मिथिला विहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीमा २०३० असार १७ मा जन्मिएका रामचन्द्र अंग्रेजीमा स्नातक र मैथिलीमा स्नातकोत्तर गरेका छन् ।
१६ वर्षको उमेरमा २०४६ सालमा सिपी मैनाली नेतृत्वको मालेबाट राजनीति थालेका थिए । उनी तत्कालिन मिथिलेश्वर मौवाही गाविसको गाउँ कमिटी सचिव बने ।
रामचन्द्र २०४७ सालमा राराब क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य बनेका थिए भने ०४९ सालमा पढाइको सिलसिलामा काठमाडौं गएपछि एमालेको धनुषा काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष बने । २०५३ सालमा धनुषा फर्केर शिक्षण पेशामा लागे ।
उनले कुर्थास्थित मावि कुर्थामा अंग्रेजी विषयको अध्यापन सुरु गरेका थिए । त्यसको केही वर्षपछि मावि ठेरामा अध्यापन गराउन थाले । नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्य समिति सदस्य बने । पछि माओवादीको शिक्षक संगठन स्थापना गरे । २०५९ सालमा उनी माअ‍ोवादी जनयुद्धमा भूमिगत नै भए ।
भूमिगत भएसंगै माओवादीको जिल्ला कमिटी सदस्य बने । पार्टीको काममा सक्रिय हुँदा शिक्षण पेशाबाट बिराम लिए । २०६८ मा माओवादीको केन्द्रीय सदस्य बने भने २०७२ पोलिटब्यूरो सदस्य बने । उनले २०६८ देखि २०७६ सम्म धनुषामा माओवादी केन्द्रको नेतृत्व गरे ।
मावि तहको अंग्रेजी शिक्षकको प्रशिक्षक समेत भइसकेका रामचन्द्र २०६४ मा ग्रामीण आवास कम्पनीका प्रबन्धक र २०६५ सालमा जनकपुर बृहत्तर क्षेत्र विकास परिषदको अध्यक्ष बनेका थिए । २०७४ को निर्वाचनमा धनुषा १(२) मा नेकपा माओवादी केन्द्रबाट चुनाव जिते ।
चुनाव जितेपछि प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक बने । एमाले र माओवादी मिलेर नेकपा भएपछि पनि उनी केन्द्रीय सदस्य बने ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विवाद र पछि एकता भंग हुँदा उनी एमालेमा बसे । एमालेले उनलाई केन्द्रीय सदस्य र धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी दियो ।
अनुभवी र त्यागको आधारमा आफूलाई दलको नेता बनाउँछन् भन्नेमा ढुक्क थिए उनी । यद्यपि उनले सभामुखको जिम्मेवारी पाइसकेका छन् । उनलाई आफ्नो त्यागले नै यो पद पाएको भन्ने लागेको छ । उनले आफ्नो कार्यकाल ऐतिहासिक र उपलब्धिमूलक बनाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर