Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

मन्त्रालय फुटाएर मधेश प्रदेशमा सातौं पटक मन्त्रिपरिषद पुनर्गठन

प्रतिक्षा खबर
२०८० आश्विन १९, शुक्रबार २०:५१

१९ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएर सातौं पटक मन्त्री पुनर्गठन गरेको छ ।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाजक कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो ।
सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज शुक्रबार विज्ञप्ति प्रकाशित गरि कार्यविभाजन सार्वजनिक गरेका हुन् ।
तर मुख्यमन्त्रीले मनपरी ढंगले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट बनेको छ । बुधबारको समेत क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्यविभाजनको प्रस्ताव नै नल्याइ मुख्यमन्त्रीले चोरबाटोबाट त्यसो गरेको जनमतका मन्त्री महेश प्रसाद यादवले दावी गरे ।
‘क्याबिनेट बैठकमा म पनि थिएँ । मन्त्रालय फोड्ने र कार्यविभाजको प्रस्ताव आएकै थिएन’, उनले भने ‘मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ । कसरी गर्नुभयो उहाँलाई नै थाहा होला । गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन ।’
जनमतले छलफल गरेपछि मात्र मन्त्रालयको पदभार ग्रहण गर्ने की नगर्ने निर्णय लिने उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर