Advertisement
ताजा खबर
हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य घट्यो स्वास्थ्य, शिक्षा र समाजिक बिकाशलाई प्राथमिकतामा राख्न सभामुख यादवको सुझाव, एकडारा गाउँपालिकाद्वारा ३७ करोडभन्दा बढीको अनुमानित बजेट सार्वजनिक एकडारा गाउँपालिकाको १६औँ गाउँसभा सुरु, नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत हुँदै रामगाेपालपुर नगरपालिकाको ४९करोड ५३ लाख भन्दा बडीको बजेट सार्वजनक सुपर ओभरको रोमाञ्चक भिडन्तमा गौशालामाथि सोनमा गाउँपालिकाको शानदार जित महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित मिथिलाक संस्कृति, सभ्यता आ आत्मीयताक जीवित दस्तावेज , बिबाहक बरियाती

इनरुवामा पूर्वराजाको भाषण : लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो

प्रतिक्षा खबर
२०७९ चैत्र २०, सोमबार १९:२०

इनरुवामा पूर्वराजाको भाषण : लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो
२० चैत, विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सुनसरीको इनरुवामा नागरिक अभिनन्दनका क्रममा उनले राज्यमा शान्ति र अनुशासन चाहिने बताए ।
‘स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासन विना हुन सक्दैन, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ’ उनले भने, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिंदैन ।
उनले नेपालको राष्ट्रियता र एकता रक्षा गर्न आवश्यक रहेको बताए । ‘राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ, शान्ति, सुव्यवस्था र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटो लाग्नु छ’ उनले भने, ‘आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन्, यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहं धर्म हो ।
पूर्वराजा शाहले अगाडि भने, ‘त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्दछ ।
सुनसरीको इनरुवा नागरिक स्तरबाट भएको अभिनन्दन कार्यक्रममा सर्वसाधारणको भीड लागेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर