Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पुनः मतगणना गर्न अदालतको आदेश

प्रतिक्षा खबर
२०७९ पुष २४, आईतवार ०८:४१

सर्लाहीको हरिवन वडा नम्बर ७ को पुनः मतगणना हुने भएको छ ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीका अनुसार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले हरिवन–७ को वडाध्यक्षमा यसअघिको मतगणना रद्द गरी पुनः मतगणनाका लागि आदेश दिएको छ । स्थानीय निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको मतगणना अनुसार हरिवन–७ का वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भइ कार्यरत छन् । निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टीकाजंग थापाले ३७८ मत पाएका थिए । कांग्रेसका थापाले तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको मागसहित रिट दायर गरेका थिए तर अदालतले अन्तरिम आदेश जारी नगरी पुनः मतगणनाको आदेश दिएको छ । रजिष्ट्रार अधिकारीले अब मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर