Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

जसपाले प्रदेश अध्यक्षकाे जिम्मा अशोक कुमार यादवलाई दियाे

प्रतिक्षा खबर
२०७८ पुष १८, आईतवार १५:२६

पुस, बुटवल । तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको लुम्बिनी प्रदेश समिति समायोजन भएको छ ।
दुई पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको एक वर्षसम्म प्रदेश समिति समायोजन हुन नसक्दै पछि पार्टी नै विभाजन भएको थियो ।
समायोजनपछि साविक समाजवादी पार्टीका प्रदेश अध्यक्ष अशोककुमार यादव जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा चयन भएका छन् ।
समायोजनमार्फत तत्कालीन समाजवादी पार्टी नेपालबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी १५१ जनाको प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
प्रदेश समितिमा १५ जना पदाधिकारी रहेका छन् । प्रदेश समितिको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राज कुमार चौधरी, राज किशोर मिश्र, बदरुधुजा खान, प्रमुख सचिव यज्ञ प्रसाद पोख्रेल, सचिव लक्ष्मी चौधरी, ठाकुर चौधरी, पन्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्ष अम्बिका काफले रहेका छन् ।
समायोजन कार्यक्रममा पुर्वमन्त्री तथा जसपा लुम्बिनी प्रदेश इन्चार्ज दानबहादुर चौधरी, जसपाका केन्द्रीय सदस्य पूर्वमन्त्री गोविन्द चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादव, केन्द्रीय सदस्य तथा प्रदेश सह-इन्चार्ज कमल खनालले बोल्दै संगठन विस्तारमा जोड दिन नयाँ कार्यसमितिलाई सुझाव दिएको प्रमुख सचिव यज्ञप्रसाद पोख्रेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर