Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

दसैंमा तराइ मधेशकाे विभिन्न अनौठा चलन

प्रतिक्षा खबर
२०७८ आश्विन २७, बुधबार १९:४१

धनवीर महतो
२७ असोज
महोत्तरी : दसैंमा तराई मधेशमा अनौठो विषयहरु प्रत्यक्ष हेर्न पाइन्छ। यहाँको वातावरण नै जादुमय हुन्छ। सहरीक्षेत्रमा क्रमिक रुपमा यस्ता परम्पराहरु हट्दै गएका छन्। तर ग्रामिण भेगमा अझ जादुटुनामय क्रियाकलापहरु कायमै रहेका छन्। २१ औं शताब्दीमा आइपुग्दासमेत हाम्रो समाजमा यस्ता अन्धविश्वासले अझै जडा गाडेको छ। दसैं अवधिभरि ग्रामिण क्षेत्रमा गरिने केही अनौठो परम्पराहरु यस्ता छन्।
१) कोखिया गुहायर गर्नु
रात्रीको समयमा निःसन्तानको कुलदेवतालाई गुहारेर गरिने क्षमापूजालाई नै कोखिया गुहायर भनिन्छ। सन्तान प्राप्तिको निम्ति धामी झाक्रीले पीडितको घरमै गइ यो पूजा गरिन्छ। दसैं अवधिभरि सन्तान पाउने आशमा निःसन्तान दम्पति यस पूजामा व्यस्त रहेने गर्छन्। २१ औं शताब्दीमा वैज्ञानिकमाथि विश्वास गर्ने हाम्रो समाज क्रमिक रुपमा यसतर्फ ध्यान दिन छाडेका छन्।
२) डिगडिगीया पिट्नु
दसैंको घटस्थापनादेखि दशमी तिथीसम्म माता भवानीलाई स्वागत गर्न साँझको समयमा ढोल पिट्नुलाई डिगडिगीया पिट्नु भनिन्छ। खासगरि चमार समुदायले टोलटोलमा गएर यस्ता कार्य गरेको पाईन्छ। यो रिवाज अहिले ग्रामिणक्षेत्रमा कायमै रहेको छ।
३) बच्चालाई हिंङ्ग/लसुन लगाउनु
दसैंको अवधिमा बालबालिकामाथि कसैको कुदृष्टि नपरोस उद्देश्यले हिंङ्ग/लसुन लगाउने गरिन्छ। यसो गर्दा नजर नलाग्नुको साथै देवीमाताले कृपा राख्ने लोकविश्वास रहेको छ। पछिल्लो समयमा शहरीक्षेत्रमा यसको प्रयोगमा कमी आएपनि ग्रामिणभेगमा यो विधी जारी नै छ।
४) मुलगेटको छेउमा कालो रंगको चिन्ह लगाउनु
घरपरिवार र बालबच्चालाई बचाउनका निम्ति यसो गरेको पाईन्छ। गृहणीले घटनास्थापनाको दिन लगाईएको कालो रंगको चिन्ह नवमीतिथिका दिन एकाबिहानै हटाउने गरिन्छ। नवमी तिथीका दिन देवी दुर्गा घरघरमा जाने भएकाले उनलाई स्वागतका निम्ति सो कालो रंगको निशाना हटाएको पाइन्छ।
५) तान्त्रिक विधि सिद्ध गर्नु
सिकारु धामी झाक्रीले दसैंको अवधिभरि गहवर (पूजाकोठा) भित्र परीक्षा दिने गर्दछ। वर्षभरिमा सिकेका मन्त्रहरुको परिक्षण यसै समयमा गर्ने गरिन्छ। भनिन्छ, यस कार्यले देवी दुर्गा प्रसन्न भइ आर्शिवाद दिन्छन्। उनीहरुको आशिष हमेशा कायमै रहन्छ।
६) झिझिया नृत्य गर्नु
घरपरिवार र गाउँलाई कुदृष्टिबाट बचाउका निम्ति महिलाहरु दशै अवधिभरि झिझिया नृत्य गर्ने गर्छन्। गाउँको ब्रम्हस्थान मन्दिरको प्राङ्गणमा रातिको समयमा समुहगत रुपमा गीत गाइ नृत्य गरिन्छ। यसो गर्नाले कुदृष्टि हट्नुको साथै ब्रम्हबाबाले गाउँको रक्षा गर्ने धार्मिक विश्वास छ।
७) भुतमेला
वर्षौदेखि दुष्टात्माले सताएकाहरुलाई मुक्ति दिलाउनका निम्ति दसैंको अवसर पारी भुतमेलाको आयोजना गरिन्छ। महोत्तरीको सोनामाई मन्दिर प्राङ्गणमा आउने यस्ता पिडीतहरु आफै हाँस्ने, खेल्ने, वक्ने लगायतका गतिविधीहरु गर्ने गर्दछ। उनीहरु त्यहाँबाट निको भई फर्कने जनविश्वास छ। सोनामाई मन्दिरमा दसैंको पंचमी तिथिदेखि सप्तमी तिथिसम्म भूत मेला लाग्ने गदर्छ। जहाँ हजारौको संख्यामा यस्ता पीडितहरु आउने गर्दछ।
८) खोईछ भर्नु
निःसन्तानले पहिलो सन्तान पाएको खुशीमा हरेक वर्ष देवी दुर्गालाई श्रृंगार, पूजा सामग्री राखि खोइछ भर्ने चलन छ। सन्तानको दिर्घायु एवम् घरपरिवालको कल्याण यस्ता गतिविधि गर्दै आएको पाइन्छ। देवी दुर्गाका प्रतीमा रहेको स्थानमा एकसाथ शुभसाइत पारि खोइछा भर्ने गरिन्छ।
९) मन्दिरमा महिला प्रवेश निषेध
जनकपुरको प्रसिद्ध राजदेवी मन्दिरमा दसैंको अवधिभरि महिला प्रवेशमा निषेध गरिन्छ। परापूर्वकालमा मन्दिरमा पूजा गर्न गएकी महिला एकाएक वेपता भएपछि मन्दिरभित्र छिर्न निषेध गरिएको जनविश्वास रहेको छ। मन्दिरभित्र महिला प्रवेश गरे अनिष्ट हुने धार्मिक जनविश्वास रहेको छ। पूजा गर्नका लागि मन्दिरमा वालवालिका र पुरुषमात्र छिर्न पाँउछन्।

१०) दशद्वार खुल्ला
वडादशैको दशौ दिनलाई शुभसाइत मानिन्छ। यस दिनलाई स्थानीय भाषामा दशद्वारा खुल्ला भएको दिनको रुपमा लिने गरिन्छ। यसदिन कुनै पनि कार्य गर्नका निम्ति साइत हेर्न नपर्ने समाजिक मान्यता रहेको छ।
विश्व २१ औं शताब्दीमा प्रवेश गरेतापनि तराई मधेशक्षेत्र आफ्ना पुराना रितिरिवाजलाई निरन्तरता दिँदै आएका छन्। फलस्वरुप अहिले पनि माथि उल्लेखित क्रियाकलाप गर्नका लागि यस क्षेत्रमा हिचकिचाउँदैन। अन्नपूर्ण पाेष्ट

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर