Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

पश्चिम नवलपरासीमा एक सय चार जनामा कोरोना संक्रमण पुष्टी, ६५ जना निको भए

प्रतिक्षा खबर
२०७८ जेष्ठ ७, शुक्रबार २०:४०

उर्मिला यादव यात्री
जेठ ७
पश्चिम नवलपरासीमा शुक्रबार एक सय चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ९७ र एन्टिजेनबाट ७ जना गरी एक सय चार जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, चार सय ९९ पुगेको छ । आज शुक्रबार सबै भन्दा बढी रामग्राम नगरपालिकामा २२ जना महिला र ३७ जना पुरुष गरी ५९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा १२ जना, सुनवल नगरपालिकामा १६ जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा २ जना र सुस्ता गाउपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको छ भने पाल्हिनन्दन गाउपालिकामा शुक्रबार कोरोना संक्रमितको संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी शुक्रबार कोरोनाबाट ६५ जना निको भएका छन भने जिल्लामा कुल १हजार नौ सय ३० जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार चार सय ५८ रहेको छ । शुक्रबार कोरोना संक्रमणबाट जिल्लामा २ जनाको ज्यान गएको छ । ज्यान जानेमा बर्दघाट नगरपालिका वडा नम्बर १३ गनपति इटटा उद्योगमा कार्यरत ५२ बर्षिय चिनीया नागरिक रहेको एक जना पुरुषको सोही उद्योगमा र सरावल गाउपालिका वडा नम्बर ४ का ६२ बर्षिय पुरुषको होम आइसोलेसन मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय एघार पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर