Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

राजेश अहिराज किन पक्राउ परेका थिए ? कहिले पक्राउ परेका थिए ? ५ सय जरिवानामा छुटेका उनले पछि सफाई पाएका थिए।

प्रतिक्षा खबर
२०७७ फाल्गुन ८, शनिबार ०२:०९

राजद्रोहको मुद्दामा मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक राजेश अहिराजलाई सर्वोच्च अदालतले सफाई दिएको छ । न्यायाधिशद्वय प्रेम शर्मा र प्रा।डा।भरत बहादुर कार्कीको संयुक्त इजलाशले मंगलबार सफाई दिने फैसला गरेका छन् । विशेष अदालतले सम्पादक अहिराजलाई रु। ५ सय जरिवाना गरेको थियो । उक्त फैसला कानुन सम्मत नदेखिएको भन्दै सर्वोच्चले सम्पादक अहिराजलाई सफाई दिएको हो । मधेशवाणाी साप्ताहिकको मिति २०६७ असोज १ गते शुक्रबारको पत्रिकामा जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य भर्ना सम्बन्धि सूचना प्रकाशन गरे वापत सम्पादक अहिराजलाई प्रहरीले पक्राउ गरी राजद्रोह मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो । विशेष अदालतले सम्पादक अहिराजलाई दोषी ठहर गर्दै रु। ५ सय जरिवाना गरेको थियो । त्यस विरुद्ध सम्पादक अहिराजले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । ुपत्रिकामा प्रकाशित सूचनाले सावभौमसत्ता राष्ट्रिय अखण्डतामा आँच नपुगेको राज्य विरुद्धको अपराध गरेको नदेखिएको र सर्वसाधारणलाई सू-सूचित गर्ने मनसायले सूचना प्रकाशन गरेको देखिएकोले सर्वोच्च अदालतले राज्यद्रोहको अभियोगबाट सफाई दिएको छ ।ू राज्यद्रोहको अभियोगमा अहिराजलाई प्रहरीले २०६७ असोज १ गते पक्राउ गरेको थियो । त्यस क्रममा सात दिन सम्म प्रहरी हिरासतमा राखेका थिए ।

२०६८ भदौ १३ गते मगंलबार सर्वोच्च अदालतमा सुनुवाई हुँदा अधिवक्ताहरु सुनिलरंजन िसंह दिपेन्द्र झा हरि फँूयाल गोविन्द बन्दी सतिषकृष्ण खरेल र माधव गौतमले बहस गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर