Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जनकपुरका एकदर्जन डुम परिवार विस्थापित

प्रतिक्षा खबर
२०७७ आश्विन ५, सोमबार १९:१८

प्रतिक्षा खबर
जनकपुरधाम, असोज ५ गते ।
सडक विस्तारको क्रममा जनकपुरधाम उपमहानगरपालिकाले घरमामथि डोजर चलाएपछि झण्डै एकदर्जन डुम परिवार विस्थपित भएका छन् । जनकपुरधाम उपमहानगरका १ स्थित धर्मवान टोलका झण्डै एकदर्जन डुम समुदायको घरमाथि डोजर चलाइएको हो ।
सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उपमहानगरले डोजर चलाएर घरबिहीन भएपछि उनीहरु बिचल्लीमा परेका छन् । वर्षौदेखि एक दर्जन डुम परिवारले घर बनाएर बसोबास गर्दै आएपनि कुनै व्यवस्थापन नै नगरी उपमहानगरपालिकाले घरमाथि डोजर चलाएको स्थानीय रिता मलिक डोमले गुनासो गरिन् ।
कोरोनाको कहरले मुलुकलाई आक्रान्त बनेको बेला विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।
पीडितमध्येकै मनोज मलिक डोमले पनि आफूहरुलाई जग्गाको व्यवस्थापन नै नगरी घर भत्काएर उपमहानगरले अन्याय गरेको बताए । केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए
कोरोना महामारीका बेला उठिबास नगराउन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन लगायतका ११ बुँदे माग सहित स्थानीयवासीले सरोकारवाला कार्यालयहरुमा ज्ञापनपत्र बुझाएका थिए । तर उपमहानगरले उनीहरुको आग्रहलाई उपेक्षा गर्दै घर भत्काइदिएको हो । घरविहीन भएका डोम समुदाय अब सडक छेउमै पाल टाँगेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउँछन् ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर