Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

२४ घण्टामा १३५९ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र १९, शुक्रबार १७:५५

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ
देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससंगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ
उनीहरुमध्ये २७१ जनाको मृत्यु भएको छ भने २५ हजार ५६१ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १३५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १८ हजार ४०४ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये १० हजार ९४२ जना संस्थागत र बाँकी होम आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४५४ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
चितवनका ८२ जना, सर्लाहीका ८०, मोरङका ७६, कैलालीका ५२, सुनसरीका ४९, बाँकेका ४८, महोत्तरीका ४६, रुपन्देहीका ४४, धनुषाका ४३, झापा र नवलपुरका २८/२८ जना, पर्साका २७, सप्तरी र गोरखाका २६/२६ जना, सुर्खेतका २२, बारा र जुम्लाा २१/२१ जना, कास्कीका २०, धादिङका १९, मकवानपुरका १८, बर्दियाका १४, रामेछापका १३, तनहुँका १२, लमजुङका १० र दैलेखका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै काभ्रे, कपिवलस्तु र दाङमा ७/७ जना, पाल्पामा ६, नुवाकोट र कञ्चनपुरमा ५/५ जना, सिन्धुपाल्चोक र डोटीमा ४/४ जना, स्याङ्जा, दार्चुला, बझाङ र बैतडीमा ३/३ जना, ओखलढुंगा, खोटाङ, रौतहट, दोलखा, सिन्धुपाल्चोक र गुल्मीमा २/२ जना तथा उदयपुर, सिराहा, रसुवा, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र अछाममा १/१ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर