Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लहानमा आज साँझदेखि लकडाउन हुने

प्रतिक्षा खबर
२०७७ श्रावण २३, शुक्रबार १३:२७

प्रतीक्षा खबर
सिरहा, साउन २३ गते
सिरहाको लहानमा आज साँझदेखि लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना फैलिएपछि शुक्रबार साँझाबाट लहानमा लकडाउन गर्ने निर्णय गरिएको हो ।
कोरोनाको जोखिम कम गर्न तथा संक्रमणको फैलाबट नियन्त्रण गर्न लकडाउन गरिएको लहान नगरपालिकाले जनाएको छ ।
वीरगंज यात्रा इतिहास भएका लहान नगरपालिका ८ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बाहिरी आउने जानेक्रम बन्द गरेर परीक्षणको दायरा बढाउन लकडाउन गरिएको लहान नगरपालिकाका नगरप्रमुख मुनी साह सुडीले जानकारी दिए । समुदायमा समूहगत संक्रमण रोक्न लकडाउन गरिएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित पसल सर्तसहित खुल्ने उनले बताए ।
लकडाउनको अवधिमा सरकारले तोकेको सवारी साधनलाई मात्र आवगमनको अनुमति दिइएको उनले बताए । हटिया, पसल, बजार, सवारी साधन सबै बन्द राख्न सूचना जारी गरिएको छ। पूर्व पश्चिम राजमार्गको लहान क्षेत्रमा भने सवारी आवगमनमा रोक लगाईएको छैन ।
यसैबीच सिरहाको मिर्चैया नगरपालिकाले पनि लकडाउन गरेको छ । मिर्चैयाका मंगलम हेल्थ केयरका स्थानीय दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि समुदायीक संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको नगर प्रमुख श्रवण यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर