Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

अाइतबार थपिएका नाँया संक्रमितहरु र उनिहरुकाे अवस्था

प्रतिक्षा खबर
२०७७ जेष्ठ १८, आईतवार २१:२४


धनुषाको गणेशमान चारनाथ नगरपालिका– ४ स्थित दुखनीदेवी नर्सिङ्ग होमको क्वारेन्टिनमा रहेका २१ वर्षीय पुरुष, जनकपुर उपमहानगरपालिकास्थित गोपाल धर्मशालाको क्वारेन्टिनमा रहेका १९ वर्षका २ जना तथा २०, २१, २३, २४, र २७ वर्षका ३ जना पुरुषहरु, मुखियापट्टी मुसहरनीया गाउँपालिकास्थित तुल्सीयाही प्राथमिक विद्यालयको क्वारेन्टिनमा रहेका २४, २५, २६, २७, २८, ३०, ४५, ४६ र ३५ वर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अधिकांश संक्रमितहरु भारतको गुजरातबाट आएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुसाले जनाएको छ । गणेशमान चारनाथ नगरपालिकाका संक्रमितको स्वाब जेठ ११ गते, गोपाल धर्मशालाका संक्रमितको जेठ १५ गते र मुखियापट्टीका संक्रमितहरुको १० गते स्वाब संकलन गरिएको थियो ।
सर्लाहीको हरिपुर नगरपालिका स्थित क्वारेन्टिनमा एक जना उमेर स्पष्ट हुन नसकेका पुरुषसहित १५, २४, ३४, ५० र ४० वर्ष उमेरका २ जना गरी कुल ७ जना पुरुषहरुमा, ब्रम्हपुरी गाउँपालिकास्थित रामबिलास प्राविको क्वारेन्टिनमा बसेका वर्ष २५, २८ र ४८ वर्षका ३ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । हरिपुरमा जेठ १३ गते र ब्रम्हपुरीमा जेठ १५ गते स्वाब संकलन गरिएको थियो । उनीहरु भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए ।
रौतहटको दुर्गा भगवती गाउँपालिका स्थित गंगा पिपरा माविको क्वारेन्टिनमा रहेका १७, २२, २३, २९, ३५, ४० र २५ वर्षका २ जना गरी कुल ८ जना पुरुषहरु, इशनाथ नगरपालिका–७ स्थित घिउरा मावि क्वारेन्टिनमा रहेका २० वर्षका २ जनासहित १७, १९, २१, २२, २४, २७, ३६, ४५ र ५० वर्षका पुरुषहरु, सोही नगरपालिका वडा नम्वर ८ को जोकाहा मदरसा क्वारेन्टिनमा रहेका ४, ९ र १२ वर्षीय बालक तथा ३० वर्षका २ जना पुरुषसहित १८, २२, ४५ र ५२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्ते एक जना ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएकाे छ । रौतहटका संक्रमितहरु पनि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।
पर्साको पटेर्वा सुगौली गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका २५ वर्षीया महिला तथा २२ वर्षीय दुई जना पुरुषहरु सहित २५ र ३६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जना भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएको बुझिएको छ ।
प्रदेश २ अन्तर्गत सप्तरीको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा २५, सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसोलसनमा २५ , धनुषाको प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा २ महिलासहित २८, महोत्तरीको जलेश्वर अस्पतालको आइसोलेसनमा १ जना महिलासहित २४ र सर्लाहीको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसनमा १ जना महिलासहित ४१ जना उपचाररत छन् ।
यसैगरी रौतहटको चपुर अस्पतालमा ७ पुरुष, गौर नर्सिङ्ग इन्टिच्युटको आइसोलेसनमा ३ महिला सहित ३१ जना, रौतहटकै राजपुर फरहदवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ४२ जना पुरुष, देवाही गोनाही पोलिटेक्निक इन्स्टिच्युट धरहरीमा २२ जना पुरुष, गरुडा नगरपालिकास्थित नेपाल प्रहरी विद्यालयमा ३ महिलासहित ७५ जना, कलैया अस्पतालको आइसोलेसनमा २ जना महिला सहित ५० जना, वीरगञ्जको नारायणी अस्पताल अन्तर्गत रहेको गण्डक काेभि८ अस्पतालमा २ जना महिला सहित २० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
यसैगरी सिराहा अस्पताल सिराहामा ४ जना र महोत्तरीको जलेश्वर कोभिड विषेश अस्पतालमा ८ जना गरी कुल १२ जना कोरोनाका शंकास्पद संक्रमितलाई आइसोलेसनमा राखिएको छ ।ब

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर