Advertisement
ताजा खबर
महोत्तरीको सोनमा–६ मगरथाना बजारमा रास्वपाको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने जसपा नेपाल कर्जन्हा नगर समितिको बैठकमा पार्टी गतिविधि तीव्र बनाउने निर्णय मधेशमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालभित्र विभाजनको जोखिम बढ्दै पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु रामगोपालपुर नगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन, अब आफ्नै भवनबाट सेवा प्रवाह हुने महोत्तरीमा राप्रपाका केन्द्रीय सदस्यसहित दुई नेता एमालेमा प्रवेश युवाको असन्तुष्टि सम्बोधन नगरे लोकतन्त्रको स्थायित्व संकटमा पर्छ : उपेन्द्र यादव सोनमा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचार मुद्दामा दोषी सोनमा–८ मा पुनः चर्चामा राजदेव यादव, स्थानीयस्तरमा राजनीतिक बहस सुरु जसपा नेपाल र लोसपा नेपालबीचको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत

☰

सोनमा गाउँपालिका मा छोरी शिक्षा बीमा शिविर सम्पन

प्रतिक्षा खबर
२०७६ माघ २९, बुधबार १९:३१
फोटो- प्रतीक्षा खबर

नागेन्द्र कुमार यादव,
महोतरीको सोनमा गाउँपालिकामा शुरु भयो छोरी शिक्षा बीमा शिविर प्रदेश २ मा मूख्यमन्त्री मोहम्द लालबाबु राउत गदीले संचालन गरिएको ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत मंगलबार देखि महोतरीको सोनमा गाउँपालिकामा सुरु भएको छोरी शिक्षा बीमा शिविर बुधबार सम्पन भएको छ।

बुधबार सम्पन गरिएको शिविर सुन्दर पुरमा मा बि मा गरिएको थियो। यसै क्रममा सोनमा गाउपालिकामा दुई दिनमा २१७ जना छोरी लाई बिमा गरिएको छ।

छोरी शिक्षा बीमा शिविर सप्ताह अन्तर्गत २०७५ माघ १ गतेपछि जन्मेका छोरीहरुको शिक्षा बिमा शुरु गरिएको हो ।
सोनमा गाउँपालिका वडा १ सोनमा ब्रम्ह स्थान स्थित श्री जनता आधारभूत प्राथमिक विद्यालयमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन महोतरी क्षेत्र नमबर ४ का सांसद एवम संघीय सरकारको निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा सुरेन्द्र कुमार यादवले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै महोतरी क्षेत्र नम्बर ४ का सांसद डा यादवले छोरी शिक्षा बीमा कार्यक्रमले छोरीहरुको शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रदेश सरकारले ल्याएको यस कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरुले शिक्षा पाउने बताउनुभयो । छोरीलाई बोझको रुपमा लिने सोंच बदल्नकै लागि शिक्षा बीमा योजना ल्याइएको यादवले भन्नुभयो ।

सोनमा गाउँपालिका प्रमुख राज कुमार यादवले मानव शुसांकको आधारमा प्रदेश २ शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेको महसुस गर्दै प्रदेश सरकारले आकर्षक योजनाको रुपमा यो कार्यक्रम ल्याएको जानकारी गराउनुभयो । साथै प्रदेश सरकारले प्रदेशमा जन्मेका छोरीहरुलाई दिने रकम जति सोनमा गाउँपालिका प्रमुख यादवले आउदो आ व देखि थप ३ लाख दिने घोषण गरेको हुनाले सोनमा गाउँपालिकामा विमा गराउन आउने अभिभावकहरु ह्र्षित भएर उत्साह पूर्वक आफनो छोरीहरुलाई बिमा गराउन आएका थिए ।

प्रदेश २ का मुख्य मन्त्री राउतले महिलाहरुलाई सक्षम र सबल बनाउन निशुल्क रुपमा लोकसेवा तालिम प्रदान गर्ने र छात्रालाई साधनको अभावमा विद्यालय जानबाट बन्चित हुन नदिन साइकल प्रदान गर्ने योजना रहेको जानकारी गराउनुभयो । आजको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी गापा की उपाध्यक्ष बिभा देबी साह , लगायत संचालन रहेका वाडाका वडा अध्यक्षहरु कर्मचारी,स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

यस अन्तर्गत छोरी शिक्षा बीमाकोलागी मुख्यमन्त्रीको ५ वटा योजनाहरु रहेको बताउँदै प्रवक्ता एवम प्रतिक्षा खबरको स संयोजक अशोक कुमार यादवले छोरीको नाममा शिक्षा विमा मुद्दती खाता संचालन गर्ने,विद्यालयमा छात्रा मैत्री शौचालयको निर्माण गर्ने र सेनेटरी प्याड वितरण गर्ने,छोरीलाई १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्ने ,बताएका छन ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर