• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

२७० दिनमा उत्खनन् गर्नुपर्ने नदीजन्य सामग्री डेढ महिनामै ‘चैट’


२७० दिनमा उत्खनन् गर्नुपर्ने नदीजन्य सामग्री डेढ महिनामै ‘चैट’

बारा : ठेकदारले चरम लापरबाही गरेको भन्दै जिल्ला समन्वय समितिले तत्काल बाराको बालगंगा र पसाहा खोला उत्खनन कार्य बन्द गर्न निर्देशन दिएको छ।

जिल्ला समन्वय समितिले शुक्रबार पसाहा र बालगंगा खोला अनुगमनका क्रममा वातावरणीय प्रभाव मूल्याकंन (इआइए)विपरीत ठेकदारले ठूला-ठूला खाल्टा बनाएर वन क्षेत्रसम्म उत्खनन गरेको भन्दै तत्काल रोक्न निर्देशन दिएको हो। ‘खोलामा ठूलाठूला खाल्टा बनाएर मनपरी उत्खनन भएको देखेपछि हामीले तत्काल उत्खनन् रोक्नुस् भनेर निर्देशन दिएका छौँ तर अब उहाँहरूले उत्खनन् रोक्नुहुन्छ/हुदैन् हेर्न बाँकी छ’ बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले भने।

अनुगमनका क्रममा चरम ठेकेदारले नदीजन्य पदार्थ उत्खनन्मा लापरबाहरी गरेको भेटिएको जीपुरसिमार उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले बताए। ‘अनुगमनका क्रममा चरम लापरबाही भएको छ, तर अब के गर्ने के नगर्ने हामी दोधारमा छौँ’ उनले भने। बालगंगा र पसाहा खोला उत्खनन्मा चरम लापरबाही हुदाँसम्म जिल्ला समन्वय समिति मौन बसेको भन्दै चौतफी आलोचना भएपछि शुक्रबार जिल्ला समन्वय समिति सभापति नवलकिशोर सिंहको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, डिभिजन वन कार्यालय बाराको प्रतिनिधिसहित वडाध्यक्षले खोला अनुगमन गरेका हुन्।

यसअघि बाराका प्रमुख जिल्ला अधिकारी पोखरेलले मापदण्डविपरीत खोला उत्खनन्मा चरम लापरबाही भएको भन्दै नदीजन्य पदार्थ उत्खनन् रोक्न सम्बन्धित पालिकाहरूलाई लिखित पत्र पठाएका थिए। तर, सो पत्रको बेवास्ता गर्दै जीतपुरसिमरा उपमहानगरले मनपरी उत्खनन् गरेर ठेकदारलाई प्रोत्साहन गरिरहेको जिल्ला समन्वय समितिको बुझाइ छ। २७० दिनमा उत्खनन गर्नुपर्ने नदीजन्य पदार्थ डेढ महिनामै निकालियो बाराको पसाहा र बालगंगा खोलामा ठेकदारले २७० दिनमा निकाल्नुपर्ने नदीजन्य साम्रगी (ढुङ्गा, गिटी, बालुवा, ग्राभेल) डेढ महिनाको अवधिमै उत्खनन् गरिसकेको अनुगमनका क्रममा भेटिएको छ।

अनुगमन समितिका संयोजकसहित जीतपुरसिमरा उपमहानगरको प्राविधिक टोलीले बुधबार बालगंगा खोलामा स्थलगत अनुगमनमा ठेकेदारले तोकिएको मापदण्डअनुसार नदीजन्य पदार्थ उत्खनन् गरिसकेको भेटिएको हो। अनुमगन समिति संयोजक तथा जीतपुरसिमरा उपमहानगर-१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सम्झौतामा उल्लेख भए बराबरको परिणामको साम्रगी उत्खनन् भइसकेको जनाए। ‘ठेकेदारले सम्झौताअनुसार २७० दिनमा निकाल्नुपर्ने सामग्री डेढ महिनामै निकालिसके, अब ठेक्का रद्द गर्दा फाइदा हुने देखेर ठेक्का रद्द गर्न उल्टै हामीलाई धम्की दिइरहेका छन्’ लामिछानेले भने ‘हामीले नियमविपरीत उत्खनन् नर्गनूस् भन्दा उल्टै हामीलाई नै धम्काउछन्, टेरपुच्छर लगाउदैनन्।’ दुधौरा, बालगंगा र पसाहा खोलाका ठेकेदारले नगरपालिकालाई भ्याटसहिट ३ करोड ५७ लाखमध्ये ३३ प्रतिशत पहिलो किस्ताको रकम मात्रै बुझाएका छन्।

कुल रकमको ५ प्रतिशत बैक ग्यारेन्टी राखेका छन्। उत्खनन् भएको नदीजन्य साम्रगीको अनुगमन नै नगरी ठेक्का रद्द गर्दा नगरपालिकालाई ठूलो नोक्सान हुने अनुगमन समिति संयोजक लामिछानेको दाबी छ। बुधबार नापजाँच सामग्रीसहित खोला पुगेका नगरपालिकाका इन्जिनियर सञ्जिव रुपाखेतीले डेढ महिनाको अवधीमा खोलामा अधिकांश नदीजन्य पदार्थ उत्खनन भइसकेको बताए।

‘अनुगमनको क्रममा ३ फिट गहिराई खन्नुपर्नेमा १० फिट र ४० मिटर चौडाइमा उत्खनन हुनुपर्नेमा सय मिटरभन्दा बढी क्षेत्रबाट उत्खनन भइरहेको छ’ ईन्जिनियर रुपाखेतीले भने ‘पसाहा र बालगंगा खोलाबाट लगभग अधिकांश सामग्री निस्किसक्यो।’ जीतपुरसिमरा उपमहानगरअन्तर्गतको तीनवटा खोलाहरूमध्ये बालगंगा र पसाहा खोलामा ठूलाठूला खाल्टा बनाएर चरम उत्खनन भइरहेको छ भने दुधौरामा भर्खर उत्खनन सुरु भएको छ। ठेकेदारले खोलामा प्रयोग गरेका दुईवटा एक्साभेक्टरमध्ये एउटा ठूलाठूला खाल्टा बनाए उत्खनन गर्न र अर्को हतार हतारमा खाल्टो पुर्न प्रयोग गर्ने गरेको अनुगमनका क्रममा भेटिएको छ। थाहाखबरबाट

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

अन्तर्राष्ट्रिय

कांग्रेस विवादमा निर्वाचन आयोग विभाजित– भण्डारी र राणा गगनको पक्षमा, तुलाधरको फरक मत

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

राजु पाण्डेले दिए राजीनामा

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

फेरि देउवासँगै भिड्ने तयारीमा सागर ढकाल

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

देउवा पक्षले भन्यो– निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो

११ माघ २०७६, शनिबार
Next Post
जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !

जनकपुरमा जनता उतार्दै डा. राउत, जनता राज ल्याउने !

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

हुलाकी सडक : म्याद सकियो, काम अधुरै


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh