• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

हुलाकी सडक : म्याद सकियो, काम अधुरै

‘स्थानीयको विरोध, विद्युत् पोल सार्न ढिलाइ, निर्माण सामग्री अभावलगायत कारणले निर्माण सुस्त’


हुलाकी सडक : म्याद सकियो, काम अधुरै

जनकपुरधाम : हुलाकी सडकको जनकपुर–कमला खण्ड निर्माणको म्याद सकिए पनि काम पूरा हुन सकेको छैन । गत असारसम्म सडक बनाइसक्नुपर्ने म्याद थियो । तर, हालसम्म आधा मात्रै काम सकिएको हो ।

उक्त सडक तीन चरणमा निर्माण भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय जनकपुरका अनुसार ३० दशमलव ५८ किलोमिटरमध्ये हालसम्म ११ किमी मात्र कालोपत्र भएको छ । पहिलो चरणमा कदमचोक–कपटौल हुँदै तिनकौरियासम्म १२ किमी र दोस्रो चरणमा १३ किमी गरी २५ किमी कालोपत्र र नाला निर्माण गर्न सडक लामा/रमण कन्स्ट्रक्सन कम्पनी जेभी र निर्देशनालयबीच २०७३ असार ३१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ असारसम्म निर्माण सक्नुपर्ने थियो । एक वर्ष म्याद थपिए पनि काम पूरा हुन सकेको छैन ।

तेस्रो चरणमा तिनकौरिया–लगमा–सघारा हुँदै कमला पुलसम्म ५ दशमलव ५८ किमी सडक बनाउन ढुकुचु कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । कम्पनीले २०७४ असार ३० देखि २०७५ पुस मसान्तसम्म काम पूरा गर्नुपर्ने सम्झौता थियो । काम पूरा नहुँदा २०७६ असोज मसान्तसम्म म्याद थपिएको थियो । थपिएको म्याद नाघिसक्दासमेत निर्माण सुस्त छ । सडकको निर्माण लागत ७० करोड ७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

जनकपुर–कमला हुलाकी सडक खण्डको हालसम्म ५५ प्रतिशत मात्र काम भएको हुलाकी सडक कार्यालय जनकपुरका प्रमुख राजेन्द्र दासले बताए । पहिलो पटक थपिएको ६ महिनाको म्याद गत असोजमा सकिएपछि एक वर्ष म्याद थप्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । ‘निर्माण सुस्त छ,’ उनले भने, ‘स्थानीयको विरोध, विद्युत् पोल सार्न ढिलाइ, निर्माण सामग्री अभावलगायत कारणले निर्माण सुस्त भएको हो ।’ उनले गाउँ क्षेत्रमा घर र सडकमा रहेको विद्युत् पोल समयमा खाली नहुँदा निर्माणमा प्राविधिक समस्याआएको बताए ।

सडक निर्माण सुस्त हुँदा कम्पनीको भुक्तानीसमेत रोकिएको दासले बताए । जनकपुरसँग धनुषाको पूर्वी गाउँ जोड्ने हुलाकी सडक सिरहा सदरमुकाम जोड्ने छोटो बाटो पनि हो । सडक निर्माण पूरा नहुँदा सर्वसाधारण भारत क्षेत्रबाट जनकपुर आवतजावत गर्न बाध्य छन् । हुलाकी सडकअन्तर्गत सर्लाहीको नवलपुर–मलंगवा सडकको काम समेत पूरा हुन सकेको छैन । नवलपुर–गैर र गैर–मलंगवा गरी दुई खण्डमा काम भइरहेको सडकको काम पूरा हुन नसकेको हो । पहिलोपटक भएको सम्झौताअनुसार २०७५ असोज मसान्तसम्म काम पूरा नहुँदा २०७६ भदौ २४ गतेसम्म म्याद थप भएको थियो । तर, काम सकिएको छैन ।

गैर–मलंगवा खण्डको काम पूरा भए पनि नवलपुर–गैर खण्डको गैरचोकमा काम अधुरो छ । जनकपुर–जलेश्वर–भिठ्ठामोड १८ किलोमिटर ५ सय मिटर सडकखण्डको पनि काम सुस्त छ । वर्षा हुँदा जनकपुर–जलेश्वर सडक खण्डमा आवतजावत नै बन्द हुने गरेको छ । साभारःकान्तिपुर अनलाइन

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट
अन्तर्राष्ट्रिय

रामगोपालपुर नगरपालिकाको बजेट ४६ करोड १६ लाख ७६ हजार ९ सय १ रुपैयाँको बजेट

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

इरानविरुद्ध अमेरिकाले पनि गर्‍यो आक्रमण, फोर्दोसहित ३ परमाणु केन्द्रमा बमबारी

११ माघ २०७६, शनिबार
अन्तर्राष्ट्रिय

जसपा नेपालको बैठकमा निर्वाचन आयोग र सर्वोच्चको विवादबारे छलफल

११ माघ २०७६, शनिबार
लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अन्तर्राष्ट्रिय

लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

११ माघ २०७६, शनिबार
Next Post
महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

महोत्तरीमा क्रसर उद्योग बन्द गरिने

नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण

नेपाल तरुण दल धनुषाद्वारा दलित बस्तीमा कम्बल वितरण


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh