Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

संचार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम बुटवलमा सम्पन्न

प्रतिक्षा खबर
२०७८ चैत्र २४, बिहीबार १७:०१

उर्मिला यादव यात्री
चैत २४
संचार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा सरोकारवालाहरुसंग अन्तरकृया कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ । पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा सन्चारिका समुह नेपाल लुम्बिनी प्रदेशको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालयका सि.डि .ध्रुव धितालले खानेपानी र सरसफाइ विषय एकदमै महत्त्वपुर्ण विषय भएकोले प्रदेश सरकारले एक घरमा एक धारा अभियान सुरु गरेको बताउनु भएको छ । उहाले सरकारले हरेक स्थानीय तहमा तीन बर्स भित्रमा सबै घर धुरीमा आवासीय खानेपानी पुर्याउने लक्ष्य तोके पनि त्यो लक्ष्यमा पुग्न अझै कठिनाई भएको बताउनु भएको छ ।विभिन्न कारण स्रोतको कमि,कोभिडको कारणले गर्दा पनि गति लिन नसकेको गुनासो गर्नु भएको थियो । प्रदेश सरकारले आर्थिक योजनामा आर्थिक बर्ष २०८०/८१ मा सतप्रतिशत घरधुरीमा आधारभुत खानेपानी पुर्याउने लक्ष्य लिएको धितालले जानकारी दिनु भएको थियो । कार्यक्रममा संचारिका समुह लुम्बिनी प्रदेशको अध्यक्ष अमृता अनमोलले सन्चार माध्यममा खानेपानी तथा सरसफाइ विषय एवम खानेपानी तथा सरसफाइ विषयमा पत्रकारहरुको भुमिका, समाचारका विषयका बारेमा जानकारी गराउनु भएको थियो । यस्तै गरि कार्यपत्र टिप्पणीकर्ता लेखक,पत्रकार तथा बिश्लेषक युवराज कंडेलले पालिका स्तरमा खानेपानी तथा सरसफाइको अवस्थाका बारेमा प्रदेश सरकारले तथ्यांक उपलब्ध गराउन नसकेको टिप्पणी गर्नु भएको थियो ।उहाले खानेपानी तथा सरसफाइका क्षेत्रमा प्रदेशको हरेक पालिका स्तरमा योजना ,एेन,मापदण्ड र दीर्घकालीन निति बनाउन आवश्यक रहेको बताउनु भएको थियो । यस्तैगरि कार्यक्रममा उठेका जिज्ञासाका बारेमा बोल्दै पर्यटन ग्रामीण तथा शहरी बिकास मन्त्रालय लुम्बिनी प्रदेशका सचीव महेशचन्द्र न्यौपानेले स्थानीय तहदेखि लिएर केन्द्रसम्म खानेपानी तथा सरसफाइ क्षेत्रमा पहुँचको आधारमा बजेट छुट्याइने भएकोले बजेट बिनियोजनमा धेरै समस्या हुने गरेको बताउनु भएको छ । खानेपानी तथा सरसफाइका विषयको तथ्यांकमा कमि लगायत संघ संस्थाको समन्वयमा कमि भएकोले प्रदेशमा एउटा पनि योजना अझैसम्म पुरा नभएको बताउनु भएको छ । यस्तै गरि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति केन्द्रिय सदस्य साबित्रा रेग्मिले खानेपानीका विषयमा उठेका जिज्ञासाको बारेमा जवाफ दिनु भएको थियो । कार्यक्रममा सन्चारिका समुह्का जिल्ला अध्यक्ष , सदस्य लगायत खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका पदाधिकारी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर